विराटनगरको पोखरीया स्कुललाई ‘एजुकेसन अवार्ड’

 न्यूज विराट
विराटनगरको पोखरीया स्कुललाई ‘एजुकेसन अवार्ड’

विराटनगर । देशभरका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा निकालेर चर्चामा रहेको विराटनगरको पोखरिया माध्यमिक विद्यालयले प्लस टुतर्फ राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेका परीक्षामा पनि उत्कृष्ट नजिता हाँसिल गरेको भन्दै सम्मानित भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका अवसरमा पोखरिया माविलाई ‘प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ प्रदान गरिएको हो । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा भएको दोस्रो अवार्ड समारोहमा पोखरियालाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।

पोखरिया माविमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा ल्याएको उत्कृष्ट नतिजा आधारमा सम्मानित गरिएको हो ।

पोखरिया माविले सामुदायिक विद्यालयतर्फ प्लट टुमा पनि प्रयोगात्मक शिक्षालाई जोड दिंदै आएको र गुणस्तरीय शिक्षामा अब्बल बन्दै गएको भन्दै उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईलाई अवार्ड प्रदान गरेका हुन् । अध्यक्ष दाहालले शिक्षाको गुणस्तर सुधार्न गर्न नीतिगत रुपमा सुधारहरु आवश्यक रहेको बताए । उनले विद्यार्थीको हातमा प्रमाणपत्रसँगै ज्ञान र सीप आवश्यक रहेको बताए ।

कार्यक्रममा पोखरिया माविसहित देशभरका १४ वटा सामुदायिक विद्यालयका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा ल्याएको उत्कृष्ट नतिजा, पठनपाठन र शैक्षिक गुणस्तरका विभिन्न क्षेक्रहरुलाई मुल्याङ्कन गरी सम्मानित गरिएको जनाइएको छ ।
कार्यत्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा, प्रतिनिधि सभा सदस्यहरु योगेश भट्टराई लगायतको उपस्थिति रहेको जनाइएको छ ।

सोही कार्यक्रमका अवसरमा ‘शिक्षा क्षेत्रका प्रज्ज्वल नक्षत्र २०८१’ सम्मानबाट लामो समयदेखि अनवरत रुपमा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याइरहेकी चाँदनी जोशी सम्मानित भइन् । त्यसैगरी नेपालको शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै शिक्षकहरु सावित्री टण्डन, सूर्य कार्की, प्राडा श्रीराम भगत माथे र सुप्रभात भण्डारीलाई ‘विशिष्ट शिक्षा सम्मान–२०८१’ प्रदान गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भए एसपी दीपक पोखरेल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । विराटनगर– १९ मिलन चोककी २८ बर्सिया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहसहित प्रहरीले...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

प्रदेश १ मा २३ संक्रमित थपिए

विराटनगर, १२ साउन–प्रदेश १ मा आज २३ जना कोरोना संक्रमितथपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष,...

नेकपा (एमाले) सुनवर्षी नगर कमिटी अध्यक्षमा विष्णु कँडेल चयन, ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन

विराटनगर । नेकपा (एमाले) सुनवर्षी नगर कमिटीको अध्यक्षमा युवा नेता विष्णु कँडेल चयन भएका छन् । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्थानीयस्तरमा लोकप्रीय युवा नेता कँडेललाई अध्यक्षमा चयन गर्दै ७५...

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा...

बुढीगंगामा फेरि गाेली चल्याे

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६ संक्रमित थपिए, ७४० जना डिस्चार्ज

विराटनगर, २ मंसिर–प्रदेश १ मा मंगलबार ५६ संक्रमित थपिएका छन् । मोरङमा ३१ झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश १ बाहिरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको विराटनगरमा सात महिला...

इलेक्ट्रा इलेक्ट्रिक कम्पनीको नयाँ उत्पादन सार्वजनिक

विराटनगर । इलेक्ट्रा इलेक्ट्रिक कम्पनीले नयाँ उत्पादन सार्वजनिक गरेको छ । उक्त ब्राण्डका एम्बेस्डर सुरज सिहं ठकुरीले इलेक्ट्रा इलेक्ट्रिकको नयाँ उत्पादन सेलिजको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै ठकुरीले सधै विश्व प्रख्यत ब्राण्डसँग आवद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्