राशिफल

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल निर्वाचित

 न्यूज विराट
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर।, २० पुस-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका उद्योगी टिका ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोेमबार सम्पन्न तेस्रो साधरणसभाबाट अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।

संघको जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल र एसोशिएटतर्फको उपाध्यक्ष विराटनगरका उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । राउत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हन् । संघको कोषाध्यक्षमा रमेश राठी निर्वाचित भएका छन् ।

यस्तै जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपाल राज कटुवाल, वीरेन्द्रकुमार साह, प्रितम खड्गी निर्विरोध भएका छन् । त्यस्तै एसोसिएट सदस्यहरुमा सुवास आचार्य र राजन श्रेष्ठ, वस्तुगत सदस्यमा रविनकुमार दाहाल, श्रवण कुमार अग्रवाल निर्विरोध भए ।

यस अघि ११ पुसमा निर्वाचन हुने मिति तोकिएको थियो । साधारणसभा रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले पुस १० गते निषेधाज्ञायुक्त परमादेश जारी गरेको थियो । १४ पुसमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश खारेज गरेपछि सोमबार साधरणसभा भएको थियो । विर्तामोड उद्योग वाणिज्य संघको अतिथ्यमा उक्त साधरणसभा भएको हो । यसअघि अध्यक्षमा विराटनगरका उद्योगी तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उम्मेदवारी घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...