विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इटहरीमा ३ र स्थानीय तह नखुलेका १, झापाको भद्रपुर र झापा गाउँपालिकामा १–१ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

ओलीलाई नेकपा सचिवालयले दियो २० मंसिरसम्मको समय

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई नेकपा सचिवालय बैठकमा 'साेचेर आउन समय' दिइएकाे सचिवालय सदस्यहरूले बताएका छन् । बालुवाटारमा बुधबार बसेकाे बैठकमा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महासचिव विष्णु पाैडेलमार्फत ओलीलाई सन्देश पठाएका हुन् । वरिष्ठ...

छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न गृहमन्त्री दार्चुला प्रस्थान

काठमाडौं,  ९ असोज-गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ दार्चुला प्रस्थान गरेका छन् । सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न उनी शुक्रबार दार्चुलाको छाङ्गरु प्रस्थान गरेका हुन् ।  दार्चुलाको छाङ्गरुमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन...

समूहमा नमाज नपढ्न स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समूहमा नमाज नपढ्न तथा पूजा नगर्नका लागि आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समूहमा नमाज नप्ढ र भोज नगर्नका लागि आग्रह गरेका छन् । उनले यस विषयमा मुस्लिम आयोगसँग...

गण्डकी प्रदेशका ५ जनाले कोरोना जितेर घर फर्किए

पोखरा, ३१ जेठ-गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । प्रदेशका ५ जना पुरुष संक्रमणलाई जितेर घर फर्किएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार काठमाडौंको...

पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना...

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर।, २० पुस-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका उद्योगी टिका ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोेमबार सम्पन्न तेस्रो साधरणसभाबाट अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका हुन् । संघको जिल्ला...

यस्तो छ आजको मौसम

काठमाडौं, १० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...

नेपालमा कोरोनाविरुद्धको खोप १४ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं, ११ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्