वीपीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

 न्यूज विराट
वीपीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १२ असोज–सुनसरीको धरानस्तिथ बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । ज्वरो, खोकी, स्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण भएर आइतबार राती ११.५० बजे प्रतिष्ठानको इमेरजेन्सी वार्डमा भर्ना भएकी धरान उमहागरपालिका–२ की ३८ वर्षिया महिलाको मृत्यु भएको हो ।

सोमबारनै कोरोना संक्रमण पुष्टि भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । डा. सापकोटाका अनुसार मृतक महिलामा कुनैपनि प्रकारको दिर्घरोग नभएनि इमरेजेन्सीमा भर्ना हुँदा अत्याधिक मात्रामा ब्लड सुगर देखिएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ । जसमध्ये १३ जना प्रदेश १ बाहिरका हुन् ।

सम्बन्धित समाचार

लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदको माग

विराटनगर, फागुन १६–मोरङको कटहरीस्थित लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदहरूले माग गरेका छन् । आजको प्रदेशसभा बैठकको शून्य समयमा सांसद कल्पना सरदारले मोरङको कटहरीस्थित लोहन्द्र खोलाको विभिन्न स्थानमा कटान गरिरहेका कारण तत्कालै तटबन्ध निर्माण गर्न माग...

मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री प्रदान

विराटनगर, पुस १९–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। गएको वर्ष मुख्यमन्त्री राईले अल्पसङ्ख्यक समुदायका तीन विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको थियो। मोरङको रतुवामाई नगरपालिका–५ र ६ नं...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र

विराटनगर, फागुन १८–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र पारिएको छ । विराटनगरमा आगामी चैत २२ गते हुने महासंघ मोरङको २२ औँ जिल्ला भेला तथा १२ औँ जिल्ला अधिवेशनको तयारी तीब्र पारिएको...

स्वास्थ्यकर्मीको हौसलाका लागि दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-कोरोना भाइरस (कोभिड १९) रोकथामको अग्रभागमा खटिएकाहरुको हौसलाका लागि स्वास्थ्य सेवा विभागले दीप प्रज्वलन गरेको छ । बिहीबार साँझ बुद्ध जयन्तीको अवसरमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको उपस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको हौसलाका लागि दीप प्रज्वलन...

नक्कली सुन र २ थान पेस्तोल फालेर फरार गाडी भेटियो 

काठमाडौं, १५ साउन-काठमाडौंको कमलादीमा आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल फालेर भागेको गाडी प्रहरीले फेला परेको छ ।प्रहरीले खोजतलास गर्दा घटनामा प्रयोग भएको बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी ललितपुरको नखिपोटमा...

अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ जनाको मृत्यु

एजेन्सी, साउन ५-अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी २ दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ । सोमबार सो कारबाही भएको त्यहाँका...

अभिभावकको रोजाइमा किड्स भिलेज स्कुल

विराटनगर । नयाँ–नयाँ प्रविधिहरुको विकास भएसँगै शैक्षिक क्षेत्रमा पनि निकै परिवर्तनहरु आएको छ । शिक्षण सिकाइमा तल्लो तह देखी नै नयाँशैली र विद्यि अवलम्बन गर्न थालिएको छ । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी...

प्रदेश १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेशभरी ८४ जना संक्रमित

विराटनगर, जेठ ८–प्रदेश नं. १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाकै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका १७ वर्षीय, १८ वर्षीय दुई जना, २० वर्षीय दुई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्