मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री प्रदान

 न्यूज विराट
मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री प्रदान

विराटनगर, पुस १९–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। गएको वर्ष मुख्यमन्त्री राईले अल्पसङ्ख्यक समुदायका तीन विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको थियो। मोरङको रतुवामाई नगरपालिका–५ र ६ नं वडाका रोजिना खातुन, सुर्दशन मुर्मु र विनोद मुर्मुको आज घरमा पुगेर आवश्यक सामग्री प्रदान गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए। मोरङको रतुवामाईस्थित सरस्वती माविमा अध्ययनरत यी बालबालिकालाई आवश्यक पर्ने शैक्षिक र खाद्यान्न सामग्री तथा जाडोको लत्ताकपडा प्रदान गरिएको उनले बताएका छन्।

रतुवामाई नगरपालिका–६ का वडाध्यक्ष तुलाराम लुँइटेल, समाजसेवी, भरतमणि कार्की, शिक्षक भीम लुइँटेल, शिक्षिका भीमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीको तर्फबाट प्रेस सल्लाकहकार ध्रुव सुवेदीले आवश्यक सामग्री प्रदान गरेको हो। विद्यार्थी भर्ना अभियानको क्रममा विसं २०७५ वैशाख ९ गते यी बालबालिकाको मुख्यमन्त्री राईले अभिभावकत्व ग्रहण गरेको थियो। उनीहरु बाल कक्षामा अध्ययनरत छन्। अत्यन्तै गरीब परिवारका यी बालबालिकाको पठनपाठन र रेखदेखको जिम्मेवारी मुख्यमन्त्री राईले लिएको हो। (रासस)

सम्बन्धित समाचार

रोटरी क्लबले बखरीमा वितरण गर्यो राहत र स्वास्थ्य सामाग्री

विराटनगर, १२ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित बखरीमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । अग्र भागमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि क्लबले बखरी प्रहरी चौकीमा स्वास्थ्य सामाग्री वितरण गरेको...

‘ भ्यालेन्टाइन डे’ को लागि ह्यासट्याग सजाइयो, सांगीतिक कार्यक्रम हुने

विराटनगर । विराटनगरको एयरपोर्ट मोडमा रहेको ह्यासट्याग फुड एन्ड वारमा प्रेम दिवसमा विशेष कार्यक्रम हुने भएको छ ।विगत ४ वर्षदेखि प्रेम दिवसमा ह्यासट्यागले विशेष सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि रिन्तरा दिएको...

नेपालमा थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए...

विराटनगरमा आज एकैदिन ११९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

२४ घण्टामा कोरोनाबाट ११ को मृत्यु

काठमाडौं, १० भदौ-बुधबार नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा २ महिला र ९ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर...

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना पक्राउ

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला...

प्रदेश १ः सत्तापक्षकै सांसदले भने—विकास निर्माणका काम अत्यन्त महंगो भयो, छानविन गरौँ

विराटनगर, २४ साउन । प्रदेश १ सरकारले थालेका विकास निर्माण कार्यको लागत अत्यन्त महंगो भएको सत्ता पक्षकै सांसदले आरोप लगाएका छन् । आइतबार प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको २४ औँ बैठकको शुन्य समयमा बोल्दै नेकपा...

मोरङ ४(१) मा काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्