लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदको माग

 न्यूज विराट
लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदको माग

विराटनगर, फागुन १६–मोरङको कटहरीस्थित लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदहरूले माग गरेका छन् । आजको प्रदेशसभा बैठकको शून्य समयमा सांसद कल्पना सरदारले मोरङको कटहरीस्थित लोहन्द्र खोलाको विभिन्न स्थानमा कटान गरिरहेका कारण तत्कालै तटबन्ध निर्माण गर्न माग गरेकी हुन् । खोलाको कटानका कारण स्थानीय त्रसित बन्नु परेकाले कटान नियन्त्रणका लागि तटबन्धको व्यवस्था गर्न उनले प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै संसदमा शून्य समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले नदिएको सांसद सञ्जाकुमारी दनुवारले गुनासो गरेकी छन् । सांसदले शुन्य र विशेष समयमा राखेका प्रश्नको जवाफ मन्त्रीहरूले नदिएर सांसदले उठाएका विषयको अवमूल्यन गरिरहेको दनुवारको गुनासो छ ।

आजको बैठकमा प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६को सैद्धान्तिक छलफल सकिएको छ । छलफलमा सांसदहरू उपेन्द्रप्रसाद घिमिरे, बुद्धिकुमार राजभण्डारीलगायतले भाग लिएका थिए । बैठकमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । जनस्वास्थ्य सम्बनधमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएकाले विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गर्न उपसभामुख सरस्वती पोखरेलले ७२ घण्टाको समय दिइन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्