राशिफल

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र

 न्यूज विराट
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र

विराटनगर, फागुन १८–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र पारिएको छ । विराटनगरमा आगामी चैत २२ गते हुने महासंघ मोरङको २२ औँ जिल्ला भेला तथा १२ औँ जिल्ला अधिवेशनको तयारी तीब्र पारिएको हो । साना, लघु तथा घरेलु उद्योगीहरुको छाता संगठनका रुपमा रहेको महासंघको अधिवेशन नजिकिएसँगै सोही अनुरुपको तयारी अघि बढाइएको महासंघ मोरङका महासचिव गोपाल काफ्लेले जानकारी दिए ।

अधिवेशनकै शन्दर्भमा जिल्लाका विभिन्न पालिकामा शाखाहरुको अधिवेशन भइरहेका छन् । हालसम्म केराबारी गाउँपालिका, लेटाङ नगरपालिका र उर्लाबारी पालिका शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ । अन्य पालिकाहरुमा समेत जारी रहेको महासचिव काफ्लेले जानकारी दिए ।

यसैबिच महासंघको टोलिले आईतबार अधिवेशनकै शन्दर्भमा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा पुगेर उद्योगीका समस्या लगायत विभिन्न विषयमा छलफल गरेको छ । महासंघ मोरङका अध्यक्ष नरेन्द्र हुमागाईँको नेतृत्वमा उपाध्यक्ष चेतन निरौला र महासचिव गोपाल काफ्लेसहित पुगेको टोलिले कार्यालय प्रमुख गोकुल केसीलाई भेटेर महासंघ सँग समन्वय र सहकार्य गरि उद्योगीका समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए ।

हजारौँ सदस्य रहेको महासंघ मोरङले सना, लघु तथा घरेलु उद्योगीहरुका हकहितको क्षेत्रमा काम गर्दै आएको छ । महासंघले उद्योगीहरुको नेतृत्व विकास, क्षमता विकास, शिप तथा रोजगारमुलक तालिम, रोजगार मेलालगायतका कार्यक्रमहरुसमेत गर्दै आएको छ । अधिवेशनले ३ वर्षका लागि पदाधिकारी तथा सदस्यहरुसमेत चयन गर्ने जनाइएको छ । साना, लघु तथा घरेलु उद्योगहरुले मुलुकमा बेरोजगारी न्युनिकरणमा सवै भन्दा महत्वपूर्ण भुमिका निभाउँदै आएको महासचिव काफ्लेले बताए ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...