सप्तरीमा एकै पटक ३७ प्रहरीसहित ५३ जनामा कोरोना पुष्टि

 न्यूज विराट
सप्तरीमा एकै पटक ३७ प्रहरीसहित ५३ जनामा कोरोना पुष्टि

सप्तरी, १ असोज-जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष संक्रमित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार दुई प्रहरी निरीक्षक, तीन प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, चार हवल्दार र अन्य प्रहरी संक्रमित भएका हुन् । सोमा दुई महिला प्रहरी छन् ।

यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ३५ वर्षीय चिकित्सक, राजविराज–३ का ४५ वर्षीय अभिवक्ता, भीम दल गणका ३७ वर्षीय पुरुषसमेत संक्रमित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले बताए । तिरहुत गाउँपालिका–२ का २९ वर्षीय, राजविराज– ११ का १५, १८ र ३५ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा कञ्चनरुप नगरपालिका–६ की पाँच र २५ वर्षीया, वडा नं ८ की ३३ वर्षीया र वडा नं ९ की २७ र ४१ वर्षीया महिला तथा विष्णुपुर गाउँपालिकाका ४५ वर्षीय पुरुष संक्रमित भएका छन् । यी छ जनाको बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय कञ्चनरुपका सिनियर अहेव डम्बर गुप्ताले जानकारी दिए ।

यस्तै कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महादेवा गाउँपालिकाका ११ वर्षीय र सुरुङ्गा नगरपालिका–२ का ४० वर्षीय पुरुषमा संक्रमण देखिएको छ । जिल्लामा आज ५३ जना संक्रमित थपिएसँगै एक हजार १४३ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमा १९९ महिला र ९४४ पुरुष छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार संक्रमितमध्ये १११ महिला र ६३९ पुरुष निको भएर घर फर्किएका छन् । संक्रमण पुष्टि भएका एक महिला र आठ पुरुषको मृत्यु भएको छ । रासस

सम्बन्धित समाचार

प्याब्सन प्रेसिडेन्ट कप, चार स्कुल सेमिफाइनलमा

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कपमा विराटनगरका चार स्कुल सेमिफाइनलमा पुगको छन् । प्याब्सन विराटनगरको आयोजना भएको बुधबारको खेलमा डिपिएस, बिकेभिएम, ग्यालेक्सी र बुढानिलकण्ठ स्कुल विजयी भएर सेमिफाइनलमा पुगेको हो ।डिपिस स्कुलको खेलमैदानमा भएको खेलमा...

‘खोप नबनेसम्म संसार पहिलेको शैलीमा फर्कन सक्दैन’

एजेन्सी, चैत ३०-अमेरिकी अर्बपति व्यापारी बील गेट्सले कोरोना भाइरस विरुद्धको खोप विकास नभएसम्म संसार पुरानै शैलीमा फर्किन नसक्ने बताएका छन्।उनले डेढ वर्षमा कोरोना भाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने...

विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । विराटनगरमा...

नेकपा प्रवक्ता भन्छन् : पार्टी संवेदनशील मोडमा छ, ओलीजीले बैठकमा आएर निष्कर्ष दिनुहोला

नेकपाका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी संवेदनशील मोडमा पुगेको बताएका छन् । बुधबारको सचिवालय बैठकपछि संचारकर्मीहरूसँग कुराकानीका क्रममा पार्टी गम्भीर मोडमा रहेकोले आगामी बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने अपेक्षा र...

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...

नेपालमा कोरोनाको नयाँ प्रजाती भेटियो, सबै उमेर समूहकालाई जोखिम

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।...

प्रदेश १ मा ५ सय वेड थपिँदै

विराटनगर, २५ कात्तिक–प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए...

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

काठमाडौं, १ भदौ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्