नेकपा प्रवक्ता भन्छन् : पार्टी संवेदनशील मोडमा छ, ओलीजीले बैठकमा आएर निष्कर्ष दिनुहोला

 न्यूज विराट
नेकपा प्रवक्ता भन्छन् : पार्टी संवेदनशील मोडमा छ, ओलीजीले बैठकमा आएर निष्कर्ष दिनुहोला

नेकपाका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी संवेदनशील मोडमा पुगेको बताएका छन् । बुधबारको सचिवालय बैठकपछि संचारकर्मीहरूसँग कुराकानीका क्रममा पार्टी गम्भीर मोडमा रहेकोले आगामी बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने अपेक्षा र विश्वास आफूहरूले गरेको बताए ।

‘हाम्रो पार्टी अहिले गम्भीर र संवेदनशील मोडमा छ । त्यसैले हामी यो असमान्य परिस्थितिमा संवेदनशीलताका साथ नै प्रक्रिया अगाडि बढाउन छलफलको बहसको प्रक्रिया अगाडि बढाउन र निर्णय लिनु उचित हुन्छ भन्छौँ,’ उनले भने, ‘त्यसकारणले गर्दा अध्यक्ष ओली आउनुभएन भने के गर्ने भन्ने बारेमा हामी सोच्नै चाहदैनौँ । हामी अपेक्षा मात्र होइन विश्वस्त छौँ कि अध्यक्ष केपी शर्मा ओली अर्को बैठकमा उपस्थित भएर पार्टीको अहिलेको संकटको निवारण गर्ने छलफललाई सार्थक निष्कर्षमा पुर्‍याउन योगदान गर्नुहुनेछ ।’

अध्यक्ष ओली अनुपस्थित भएपछि नेकपाको आजको सचिवालय बैठक पनि प्रभावित भएको छ । पार्टी प्रवक्ता श्रेष्ठले अध्यक्ष ओली उपस्थित नभएपछि २० मंसिरका लागि बैठक सारिएको बताए । सचिवालय बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि अध्यक्ष ओलीको समेत उपस्थितिमा बैठक बस्नु उचित हुने भन्ने निष्कर्षका साथ आगामी बैठकमा उपस्थिति हुन अनुरोध गर्ने निर्णयसहित २० मंसिरका लागि बैठक बोलाइको प्रवक्ता श्रेष्ठले बताए । १८ मंसिरका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि २१ मंसिरका लागि सारिएको बताए ।

‘आजको बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानको लागि प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ अध्यक्ष ओलीको आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्षसहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अव सचिवालयको बैठक आगामी २० गते १ बजे र पूर्वनिर्धारित १८ गते देखि सुरु हुने स्थायी कमिटीको बैठक २१ गते १ बजेदेखि प्रारम्भ हुने निर्णय गरिएको छ’ उनले भने ।

सम्बन्धित समाचार

कटहरी गाउँपालिका अध्यक्ष चौधरीलाई कारवाहीको माग, कारवाही नगरे पार्टीबाट राजिनामा दिने चेतवनी

विराटनगर । मोरङ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको भन्दै कारवाहीको माग राखेका छन् । गाउँपालिकाभित्र रहेका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहित पदाधिकारी, सातवटै वडाका सभापतिसहितको...

अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतमा मात्र ८४ हजार २ सय २८ को मृत्यु

संसारमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ४७ पुगेको छ भने १८ लाख ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वका शक्तिशाली देशहरुमा नै मृत्यु हुनेको संख्या अधिक छ...

मोरङमा चीनियाँ राष्ट्रपति सि जिनपिङबारेको पुस्तक वितरण

विराटनगर, माघ १०=मोरङका विभिन्न स्थानमा चीनका राष्ट्रपति सि जिनपिङकाबारे लेखिएको पुस्तक वितरण गरिएको छ । चीनको अर्थिक समृद्धिका लागि जिनपिङको सोच र उनले अघि सारेका योजनालगायतका विषय समेटेर प्रकाशित भएको पुस्तक जिल्लाका विभिन्न स्थानीय तह,...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, पहिलो खेलमा युनाईटेड भेट्रान्स क्लब क्वाटरफाइनलमा

विराटनगर । युनाईटेड भेट्रान्स क्लब विराटनगर १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा दुहबी भेट्रान्स क्लब दुहबीलाई १–० गोलले हराउँदै...

कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं, २६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित...

मोरङ कारागारका फेरी अर्का एक बन्दीको मृत्यु

विराटनगर, १३ भदौ-मोरङ कारागारमा शनिबार एक बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुन्दरहरैँचा नगरपालिका–४ का २६ वर्षिय फुर्वासिंह तामाङ रहेका छन् । उनी गत फागुन महिनामा पुर्पक्षका लागि कारागारमा थुनामा रहेका थिए । स्वास्थ्यमा...

देशभर थप ६३४ जनामा कोरोना पुष्टि, संक्रमित ३१ हजार नाघे

काठमाडौं, ६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । शुक्रबार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्