८ कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति

 न्यूज विराट
८ कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति

चितवन,  २८ भदौ-भरतपुर अस्पतालले कोरोना संक्रमित ८ जना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल २ गर्भवती उपचाररत छन् ।

अस्पतालले संक्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरूबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटरसहितको व्यवस्था मिलाएको छ । संक्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्यसँग सम्पर्क नहुने गरी व्यवस्था गरिएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार संक्रमणपछि अस्पतालमा प्रसूति गराएका सबै डिस्चार्ज भई स्थानीय तहको आइसोलेसनमा गएका छन् ।

उनीहरूबाट जन्मिएका नवजात शिशुमा संक्रमण देखिएको छैन । हालसम्म सुत्केरी भएर गएकाहरूको समस्या नआएको उनको भनाइ छ । संक्रमितमध्ये ३ जनाको साधारण र ५ जनाको शल्यक्रिया गरिएको हो  । तीमध्ये शल्यक्रिया गरिएका २ जनाको पछि संक्रमण पुष्टि भएको हो ।

डा. सापकोटाका अनुसार प्रसूति गरिएकामध्ये ३ नवलपरासी, २ चितवन तथा गोरखा, सप्तरी र मकवानपुरका एक-एक जना छन् । अस्पतालमा अहिले दैनिक ३० भन्दा बढी प्रसूति हुँदै आएका छन् ।

अस्पतालले संक्रमित र अन्यको फरकफरक ठाउँमा उच्च सावधानीका साथ प्रसूतिसहित उपचार गराउँदै आएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चितवनसहित विभिन्न जिल्लाबाट त्यहाँ प्रसूति गराउन र उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष १३ हजारभन्दा बढीको प्रसूति यसै अस्पतालमा गराइन्छ । अस्पतालमा प्रसूति सेवा निःशुल्क छ । रासस

सम्बन्धित समाचार

भारतको आसाम र मेघालयमा बाढीको वितण्डा, ३२ जनाको मृत्यु

भारतको आसाम र मेघालयमा आएको बाढीमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार...

प्रदेश १ मा थप १५ जनामा कोरोना, संक्रमितको संख्या ४४८ पुग्यो 

विराटनगर, ७ असार-प्रदेश १ मा आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, मोरङ, उदयपुर र झापामा ४ महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ...

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघे

काठमाडौं, ३० असोज-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ...

कोभिड-१९ कोषमा पूर्वराजा शाहले जम्मा गरे २ करोड रुपैयाँ

काठमाडौं, ३० चैत-पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गराएको छ । ज्ञानेन्द्रले हिमानी कोषमार्फत कोषमा उक्त रकम जम्मा गरेका हुन् । पूर्वराजा शाहले ट्विटमार्फत् प्रधानमन्त्री कोरोना रोकथाम, राहत...

६ लाख नेपालीको कोरोना परीक्षण गर्छौं : प्रधानमन्त्री

काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए/नभएको परीक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कम्तीमा जनसंख्याको २ प्रतिशत अर्थात् ६ लाख नेपालीको...

१५ हजार बढीको मृत्युपछि इटालीमा पहिलो आशाको किरण

संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२...

विनोद चौधरीले जिते कोरोना

काठमाडौं, २० भदौ-उद्योगी विनोद चौधरी कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त भएका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको एकतान्तवासपछि आफू संक्रमणमुक्त...

मंगलबारे शिक्षा र स्वास्थ्यको हब: गुरु बराल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बरालले संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा मंगलबारेलाई शिक्षा र स्वास्थ्यको हब बनाउने अभियानमा अघि बढेको बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्