
पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएकोमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म १२ लाख ५४ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ७ सय ८२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ४० पुगेको मन्त्रालयको तथ्यांक छ ।