कोभिड-१९ कोषमा पूर्वराजा शाहले जम्मा गरे २ करोड रुपैयाँ

 न्यूज विराट
कोभिड-१९ कोषमा पूर्वराजा शाहले जम्मा गरे २ करोड रुपैयाँ

काठमाडौं, ३० चैत-पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गराएको छ । ज्ञानेन्द्रले हिमानी कोषमार्फत कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

पूर्वराजा शाहले ट्विटमार्फत् प्रधानमन्त्री कोरोना रोकथाम, राहत तथा उपचार कोषमा पूर्वघोषित सहायता रकम हिमानी कोषमार्फत् आइतबार हस्तान्तरण बताएका छन् ।

हिमानी कोषका कर्मचारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको उनले उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री कोरोना रोकथाम, राहत तथा उपचार कोषमा पूर्व घोषित सहायता रकम हिमानी कोष मार्फत् आज हस्तान्तरण गरिएको छ’ उनको ट्विटमा भनिएको छ ‘हिमानी कोषका कर्मचारीहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।’

सम्बन्धित समाचार

भव्य भयो समाजसेवी दीनबन्धु गोयलको नागरिक अभिनन्दन

विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रवार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो । गोयललाई पूर्व राष्ट्रपति डा।रामवरण यादवले कदर पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको छ...

भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दाे, एकैदिन ११८८ जनाकाे मृत्यु

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार...

६ कम्युनिष्ट पार्टीले गरे भोली नेपाल बन्दको घोषणा

विराटनगर, ३ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा विभिन्न छ वटा कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रीक मोर्चा नेपाल, बैज्ञानिक समाजवार्दी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र नेकपा...

शेयर बजारलाई प्राथमिकता, कर्जाको सीमा ७० प्रतिशत पुग्यो

काठमाडौं, २ साउन-नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर धिर्तो कर्जाको सीमा ७० प्रतिशत पुर्‍याएको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक नीति तथा कार्यक्रममार्फत राष्ट्र बैंकलेशेयर धितो कर्जाको सीमा ५ प्रतिशतले बढाएको जानकारी गराएका हुन् ।...

नवनियुक्त तीन मन्त्रीले पनि लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तीन सदस्य मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्य मन्त्रीमण्डल वितरण गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै मन्त्री पदको शपथ लिएका छन्...

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटुकाे सफल प्रत्यारोपण

एजेन्सी, २७ पुस । एक अमेरिकी पुरुष आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि ५७ वर्षका डेविड बेनेटको शरीर...

संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ

विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय...

झापामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

विराटनगर, साउन १६-झापाको मेचीनगरस्थित काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्