विनोद चौधरीले जिते कोरोना - News Birat

विनोद चौधरीले जिते कोरोना

न्यूज विराट
काठमाडौं, २० भदौ-उद्योगी विनोद चौधरी कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त भएका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।

उनले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको एकतान्तवासपछि आफू संक्रमणमुक्त भएको जानकारी दिएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई १२ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टिलगत्तै उनी चिकित्सक सल्लाहअनुसार आइसोलेसनमा बसेको जानकारी गराएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles