रंगेलीमा २८ संक्रमित थपिए

 न्यूज विराट
रंगेलीमा २८ संक्रमित थपिए

विराटनगर, ३० साउन–समुदाय स्तरमै संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको नतिजा अनुसार सो नगरपालिकाका ९ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आइतबार २ सय १६ जनाको स्वाव संकलन गरिएकोका शुक्रबार १७८ जनाको मात्र रिपोर्ट आउँदा रंगेली–७ का १९ जना, वडा नं. ६ का ४, वडा नं. ४ र ३ का एक÷एक जना, नेपाल विधुत प्राधिकरण रंगेली वितरण केन्द्रका एक कर्मचारी र रंगेली स्थित शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टमा कार्यर २ जना शसस्त्र प्रहरीमा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिए ।

उनले संक्रमति सवैलाई उपचारका लागि रंगेली स्थित जनता क्याम्पसको आइसोलेसन राखिएको बताए । उनका अनुसार आइतबार स्वाव संकलन गरिएका अन्य ३८ जनाको परिक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।

हालसम्म रंगेली नगरपालिकामा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । हाल जनता क्याम्पस रंगेलीको आइसोलेसनमा ६७ जना उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख मण्डलले जानकारी दिए । उनका अनुसार रंगेली नगरपालिकामा हालसम्म एक जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

एकदिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री वेई

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल-चीन सम्बन्धको ६५औँ वर्षगाँठको अवसर पारेर आइतबार बिहान नेपाल आएका रक्षामन्त्री वेई साँझ स्वदेश फर्किएका हुन् । उनी काठमाडौंमा रहँदा...

प्रदेश १ को बजेट ४२ अर्ब २० करोडको (हेर्नोस् पूर्णपाठ )

  बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् । चालु...

एम्बुलेन्स दुर्घटना हुँदा ५ जना कोरोना संक्रमित घाइते

अर्घाखाँची, २८ जेठ-कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएराती दुर्घटना हुँदा ५ सङ्क्रमित घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट...

शिक्षादीप कलेज पढेकी अदिती जैन छात्रातर्फ एमबीबीएसको इन्ट्रान्समा टपर

विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षमा १८ हजार बढी विद्यार्थीलाई उछिन्दै विराटनगरस्थित शिक्षादीपक कलेजबाट प्लस २ सकेकी सुनसरीको हरिनगरा–४ की २० वर्षीया अदिती कुमारी जैन टपर भएकी छन् । कुल ६ हजार...

पोखरा महानगरपालिकामा होलबडी स्यानिटाइजर टनेल

पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्यानिटाइजर आइतबारदेखि सञ्चालनमा आएको हो । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई स्यानिटाइज गरी मानिसको...

मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा...

पीसीआर परिक्षणपछि सेनिटाइज गरेर आरती स्ट्रिप्स सञ्चालनमा

विराटनगर, ६ भदौ–मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । भारतीय मजदुरका कारण कोरोना संक्रमण फैलिएपछि बन्द भएको सो उद्योग शनिबारबाट पुनः सञ्चालनमा आएको हो । उद्योगमा कार्यरत ६०० बढि मजदुर...

सुनको मूल्य १ लाख ४ सय पुग्यो

काठमाडौं, २ भदौ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्