एकदिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री वेई - News Birat

एकदिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री वेई

न्यूज विराट

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल-चीन सम्बन्धको ६५औँ वर्षगाँठको अवसर पारेर आइतबार बिहान नेपाल आएका रक्षामन्त्री वेई साँझ स्वदेश फर्किएका हुन् ।

उनी काठमाडौंमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवाता गरेका थिए ।

आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका उनको स्वागतमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles