शिक्षादीप कलेज पढेकी अदिती जैन छात्रातर्फ एमबीबीएसको इन्ट्रान्समा टपर

 न्यूज विराट
शिक्षादीप कलेज पढेकी अदिती जैन छात्रातर्फ एमबीबीएसको इन्ट्रान्समा टपर

विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षमा १८ हजार बढी विद्यार्थीलाई उछिन्दै विराटनगरस्थित शिक्षादीपक कलेजबाट प्लस २ सकेकी सुनसरीको हरिनगरा–४ की २० वर्षीया अदिती कुमारी जैन टपर भएकी छन् । कुल ६ हजार ६६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्दा २ सय पूर्णाङ् कमा १७१.५ अंकसहित जैन सर्वोत्कृष्ट भएकी हुन् ।

आयोगले फागुन २४ गते लिएको प्रवेश परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो । छात्रातर्फ सबैभन्दा आफूले टप गरेको कुरा सञ्चार माध्यमबाट थाहा पाएकी उनी समग्रमा चौथो पोजिनसमा उनले नाम निकालेकी छन् । शिक्षादीपबाट विज्ञान संकायबाट ३.७९ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण गरेकी उनलाई स्कूलले बाबु अजयसँगै बिहीबार सम्मान गरेको छ । कार्यक्रममा अदितीका बुबा अजयले छोरीको मेहनतको कारणले सफलता मिलेको बताए । सुनसरीको ग्रामिण क्षेत्रमा सामान्य परिवारमा वि.सं. २०५९ साल असोज ९ गते जन्मिएकी अदितीका बुबा अजय हार्डवेयरको व्यापार गर्दै आएका छन् ।

किसान परिवारमा जन्मिएकी उनले गाउँकै सामुदायिक विद्यालय हरिनगरा माविबाट ३.७ जीपीए ल्याएर एसइईमा उत्तीर्ण भएकी थिइन् ।

चिकित्सक बन्ने बच्चैको सपना
सानैदेखिको चिकित्सक बन्ने सपना रहेको बताउने उनले १२ कक्षाको पढाइ नसक्दै चिकित्सा शिक्षा आयोगको पाठ्यक्रमलाई मध्यनजर गर्दै तयारी थालेकी थिइन् । एमबीबीएसको तयारीका लागि ५ घण्टासम्म दैनिक अध्ययन गर्ने उनले पढेको कुरालाई गहिरोसँग बुझेकोले सफदलता मिलेको बताइन् ।
। आफूले नजानेका कुराहरु वेबसाइटमा पनि हेर्थे, पढेको कुरा बुझियो भने मेडिकल इन्ट्रान्स केहि पनि होइन रहेछ’ उनले भनिन् । सफलता र असफलता एकै सिक्का दुई पाटा भएकाले नाम ननिस्कनेलाई हतास र निराश नहुन उनको सुझाव छ । एमबीबीएस मात्रै करिअर अवसर होइन्, अरु थुप्रै संभावना छन्,’ उनको सुझाव छ, । एमबीबीएस नै गर्नुछ भने पनि एक वर्ष वा ६ महिनामा पुनः परीक्षा हुन्छ, राम्रो गर्नुहोस् । धेरै आत्तिनुपर्ने केही छैन् अझै मेहनत गर्नुहोस् ।’

जसको कार्डियोलोजिष्ट बन्ने इच्छा
अदितीको टार्गेट एमबीबीएसको २ सय पूर्णाब्क नै ल्याउने थियो । त्यसैलाई अर्जुनदृष्टि बनाएर उनले आफूलाई तयार पारिन । ‘मेरो टार्गेट २ सयको थियो । छात्रवृति पाउँछु भन्ने ग्यारेन्टी नै गरेको थिएँ,’ उनले भनिन्, ‘त्यसमा सफल पनि भएँ ।’ अब उनी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एमबीबीएस पढ्नेछिन् । एमबीबीएस अध्ययनका लागि आईओएम रोज्नुको पनि उनको आफ्नै तर्क छ । किनकी यो पूरानो संस्था हो । बिरामीको फ्लो राम्रो हुन्छ,’ उनले भनिन्, ‘मैले त्यहाँ अवसर बढी पाउछुजस्तो लाग्छ । त्यो अवसर सदुपयोग गरेर राम्रो मुकाममा पुग्न चाहन्छु ।’ भविष्यमा अध्ययनबाहेक विदेश नजाने दृढसंकल्प अदितीमा मा छ । भन्छिन्, ‘म अवसर आएपनि नेपाल छाडेर जान्न । आफ्नै देशको चिकित्सा क्षेत्रले प्रेरणा दिएको हो । यसलाई नै सुधार गर्न म लाग्छु ।’


शिक्षादीपका प्रिन्सिपल ज्ञानबहादुर खड्काले वातावरण, शिक्षकहरुको डिभोसनलगायतका कारण शिक्षादीपले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने गरेको बताउँछन् । ‘एमबीबीएको प्रवेश परीक्षामै शिक्षादीपमा अध्ययरत छात्राले देशभरीमा छात्रातर्फ टप गरिन्,’ उनले भने, ‘यसले शिक्षादीपलाई गौरव गर्ने अवसर दिएको छ ।’ उनले अनुशासित, मेहनती र फरक गर्ने खुबी भएकै कारण अदितीकुमारी जैनले इन्ट्रान्स टप गरेको बताए ।

शिक्षादिपका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीले अनुशासित जैनको मेहनतको कारणले सफलता प्राप्त गरेको बताए । यसअघि पनि शिक्षादीप कलेजबाट अध्ययन गरेका थुप्रै विद्यार्थीहरुले एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको सञ्चालक रामचन्द्र
अधिकारीले बताए ।

सम्बन्धित समाचार

देशभर थप ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं, २२ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

बोक्सी आरोपमा मुलमूत्र खुवाउने पक्षद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघको आपत्ति

सिरहामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको घटनाको विषयमा समाचार संकलन गर्न गएका पत्रकारमाथि पीडक भनिएकाे पक्षले गालीगलाैज गर्दै कुटपिटकाे धम्की दिएकाे छ । पत्रकारमाथि भएकाे यसखाले दुर्व्यवहारप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ सिरहाले दाेषीलाई कारबाही माग गरेकाे छ ।...

पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...

बाबा उद्योगमा मैदा तस्करी प्रकरण : तस्करको नाइकेसहित पाँच जना २१ लाख ८६ हजार धरौटीमा रिहा

विराटनगर । भारतदेखि तस्करी गरी सुनसरीको सानापुरमा रहेको बाबा उद्योगमा क्या रिङ गरेर मैदा तस्करी गर्ने गिरोहका मुख्य नाइकेसहित पाँच जना सवारी चालक धरौटी रकम बुझाएर रिहा भएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं, ८ असार-कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति भएको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो । पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र...

तेस्रो मिल्स टि– २० क्रिकेट : अभिषेकको सतकले वाइआरसीसी सेमिमा

विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा...

डब्लूएचओले भन्यो : नेपालमा अझै कोरोना महामारी टरेको छैन, सतर्कता अपनाऊ

काठमाडौं, ८ असार-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालयले कोभिड-१९ को महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउन सार्वजनिक रूपमा अपिल गरेको छ । डब्लूएचओका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड-१९...

नेम्वाङले भने, ‘स‌ंसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्’

नेकपा ओली समूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार भएको दोहोर्‍याएका छन् । बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने जिकिर गरेका हुन् ।  नेम्वाङले पार्टीभित्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्