एम्बुलेन्स दुर्घटना हुँदा ५ जना कोरोना संक्रमित घाइते - News Birat

एम्बुलेन्स दुर्घटना हुँदा ५ जना कोरोना संक्रमित घाइते

न्यूज विराट

अर्घाखाँची, २८ जेठ-कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएराती दुर्घटना हुँदा ५ सङ्क्रमित घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजिकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनाको  हटारीनेटाको आइसोलेसन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles