पोखरा महानगरपालिकामा होलबडी स्यानिटाइजर टनेल

 न्यूज विराट
पोखरा महानगरपालिकामा होलबडी स्यानिटाइजर टनेल

पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्यानिटाइजर आइतबारदेखि सञ्चालनमा आएको हो ।

कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई स्यानिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वचालित स्यानिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोरोना भाइरसबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै सधैँ लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोनालाई नियन्त्रण गर्नुपर्ने बताए ।

उनले सर्वसाधारणको भीडभाड हुने स्थान अस्पताल, सरकारी कार्यालयहरू, डिपार्टमेन्टल स्टोरलगायत स्थानमा यस्तो स्वचालित स्यानिटाइजर टनेल राख्नुपर्ने बताए । उनले कोरोनाले अहिले हाम्रो दैनिकीलाई मात्र असहज बनाए पनि यसले दीर्घकालीन रूपमा पार्ने आर्थिक असरलाई पनि अहिले देखि नै ‘मेकअप’ गर्ने योजनासहित काम गर्नुपर्ने बताए । लकडाउनको विकल्पमा विज्ञानले विकास गरेको प्रविधिलाई कोरोना संक्रमण रोकथाममा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

कोरोना महामारी : एकै दिनमा ६१ हजार संक्रमित, ४ हजारको मृत्युु

देखिएको करिव ४ महिना हुँदा समेत कोराना नियन्त्रणका अनेकौ प्रयासले अपेक्षित सफलता पाउन सकेका छैनन् ।अघिल्लो दुई महिनामा देखिएको संक्रमितको संख्या र मृत्यु भन्दा पछिल्लो २ दिनमा बढी छ । आजमात्रै कोरोनाको कारण विश्वभर करिव...

आज मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही

काठमाडौं, ३ भदौ-काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरू कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो...

राधाकृष्ण रथयात्रा निकाल्नुपर्ने माग राख्दै मोङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

विराटनगर । राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित युवाहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटेर युवाहरूको समूहले रथयात्रा निकाल्नुपर्ने माग राख्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।...

सेमिफाइनलमा पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोलीसहित चार टिम पुगेको छ । शनिबार लिग चरणमा आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा पुगेको हो । लिग चरणमा सबै समिकरण...

भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि, पाए २५ लाख र कार पुरस्कार

काठमाडौं, २ असोज । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार...

९२ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार...

प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण

विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

डब्लूएचओको चेतावनी : ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

न्युयोर्क, मंसिर २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्