लकडाउनले पर्यटन र हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरकाे क्षति

 न्यूज विराट
लकडाउनले पर्यटन र हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरकाे क्षति

काठमाडौं, १९ असार-लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो ।

सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ । सरकारले केही सेवा क्षेत्र खुला गरे पनि लकडाउनको अवधि ७ साउनसम्म बढाएपछि अझै ७ अर्बको नोक्सानी बढ्न सक्ने अनुमान गरिएको छ ।

पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको जनाएको छ । लकडाउनको अवधिमा मन्त्रालयबाट भएका कार्यप्रगतिका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार होटलका लागि भ्याट दाखिला गर्ने समय २ महिनाबाट बढाएर ४ महिना पुर्‍याइएको छ ।

मन्त्रालयले हवाईजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ । लकडाउनको अवधिमा विभिन्न विमानस्थलहरूमा सन्तोषजनक कार्यप्रगति भएको मन्त्रालयले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ प्रतिशत थप भौतिक प्रगति भई अहिलेसम्म ९१ प्रतिशत काम भएको छ । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा ९ प्रतिशत थप भौतिक प्रगति भई अहिलेसम्म ५९ प्रतिशत प्रगाति भएको बताएको छ ।

त्रिभुवन विमानस्थलमा एप्रोन निर्माण, धावनमार्ग र रनवे निर्माण, टर्मिनल भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । निजगढ विमास्थल निर्माण क्षेत्रभित्रका रूख बुट्यानहरूको छपानका लागि रूख बिरुवा गणनाको काम सुरु भएको छ । मन्त्रालयले ४१ किलोमिटर पदमार्ग, विभिन्न क्षेत्रमा फुटपाथ निर्माण, भ्यूटावरनिर्माण सम्पन्न गरेको छ ।

यस्तै, एकीकृत विद्युतीय सञ्जालसम्बन्धी एप्लिकेसन निर्माणको काम पनि सकिएको छ । मध्यपूर्व र युरोपलगायत विभिन्न १७ मुलुकबाट मार्च २४ बाट ३० सम्म नेपाल वायुसेवा निगम लगायतका अन्य वायु सेवाहरूबाट २ सय १४ उडानमार्फत १६ हजार ६ सय ७२ नेपालीलाई उद्धार गरिएको छ । नेपालमा अलपत्र परेका १२ हजार ४ सय ८ जना विदेश प्रस्थान गरेका छन् ।

सम्बन्धित समाचार

आईपीएल : दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

एजेन्सी, १८ कात्तिक-दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा...

मकवानपुरमा हावाहुरी, २ जनाको मृत्यु 

मकवानपुर, १३ जेठ-मकवानपुरको राक्सिराङ गाउँपालिकामा हावाहुरीले रूख ढल्दा च्यापिएर १ महिला र १ बालकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि २ नाको मृत्यु भएको र २ जना घाइते भएको पुष्टि गरे...

असारभित्रै रेल सञ्चालनमा ल्याउने तयारी

धनुषा, फागुन १५–नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारीमा जुटेका छन् । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी भएको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताए । रेल विभागले रेल सञ्चालनका लागि...

राजस्वको सेटिङमा ठूला उद्योगीलाई चैन, साना व्यवसायीलाई ऐन

विराटनगर, चैत ४-राजस्व अनुसन्धान कार्यालय सुनसरीको पछिल्लो क्रियाकलापलाई लिएर सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले राजस्व चुहावट नियन्त्रणसम्बन्धी काममा संवेदनशील हुन आग्रह गरेका छन् । सरकारको प्रत्यक्ष उद्योग/व्यापार क्षेत्रसँग सरोकार राख्ने निकाय भएकाले उद्योग/व्यवसाय क्षेत्रको...

देशभरको जनजीवन शान्त र ठप्प

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंँ...

वीपीमा कोरोना संक्रमित युवाको मृत्यु

विराटनगर, ८ भदौ–सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिँउसो एक कोरोना संक्रमित युवाको मृत्युु भएको छ । सिरहाको गोविन्दपूरका २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। भदौ...

जन्म जयन्त्तीमा रक्तादन, ३० पिन्ट रगत संकलन

विराटनगर । पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । राप्रपा मोरङको आयोजनामा विराटनगरमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।रक्तादन कार्यक्रममा ३०...

मन्त्रीको गाडीमाथि ट्राफिक प्रहरीको कारबाही

जनकपुर, माघ ४–सरकारी सवारी साधन मनपरि चलिरहेका अवस्थामा प्रदेश २ मा मन्त्रीकै गाडी ट्राफिक कारबाहीमा परेको छ । ट्राफिक नियम उल्लंघन गरेपछि प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्