देशभरको जनजीवन शान्त र ठप्प

 न्यूज विराट
देशभरको जनजीवन शान्त र ठप्प

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् ।

लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंँ उपत्यकालगायत मुलुकका मुख्य सहरहरू र राजमार्गहरू बन्द भएका छन्।

सरकारको निर्णयलाई सर्वसाधारण नागरिकले समर्थन र सहर्ष स्वीकार गरेको दाबी मन्त्रालयले गरेको छ। नेपाल–भारत सीमा नाकामा भारतबाट आउनेहरूको चाप अझै नघटेकाले समस्या देखिएको छ।

गृह प्रवक्ता केदारनाथ शर्माले सीमा नाकामा रोकिएकाहरूको उचित व्यवस्थापन र सहजीकरणका लागि प्रदेश सरकारसँग छलफल गरी आवश्यक निर्णयमा पुग्न निर्देशन भएको बताए।

ट्राफिक प्रहरीले जिल्ला प्रशासन कार्यालयको स्वीकृति (पास) नभएका निजी र सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । तरकारी, दूध, पानी, खाद्य, इन्धन, औषधि र स्वास्थ्यकर्मीका सवारी साधनहरू सञ्चालनमा सहजीकरण गरेको छ।

उपत्यका प्रवेशका सम्पूर्ण नाका बन्द गरिएका छन् तर अत्यावश्यक सामग्री बोकेर आउने सवारीलाई भने सहजीकरण गर्ने गरिएको महानगरीय प्रहरीले जनाएको छ । औषधि पसल २४सै घण्टा खोल्दा फरक नपर्ने जनाइएको छ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध

विरानटनगर, असार ३०–विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको टंकि सिनवारी स्थित सब स्टेशनमा रहेको ३३ केभिको करेन्ट ट्रान्फर्मर पड्कीएकाले विराटनगरका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको प्राधिकरण विराटनगर शाखाले जनाएको छ...

औषधी व्यवसायी संघ मोरङले मनायो ४८ औँ स्थापना दिवस

विराटनगर, १० असार । पुरानो र सजाय कम भएको औषधी ऐन २०३५ हुदा औषधी क्षेत्रमा देखा परेको बिकृती र विसंङगती अन्त्य हुन नसकेकोले कडा ऐन ल्याएर अपराधमा संलग्नलाई कारवाही गर्न औषधी व्यवसायीहरुले माग राखेका छन्...

लागुऔषध सहित एक जना पक्राउ

विराटनगर, १६ फागुन । उदयपुर त्रियुगा नगरपालिका -५ का २५ बर्षीय प्रदिप शाक्य थारुलाई लागुऔषध सहित पक्राउ गरिएको छ । आज दिउसो साढे ११ बजे सोही स्थानमा प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध PHENERGAN -३० एम्पुल, NOOPHIN  -...

ग्रिनल्याण्ड स्कुलले मनायो अभिभाव दिवस

विराटनगर । विराटनगर – ५ स्थित ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्यो । स्कुल...

एक्सनमा इप्रका रानी, हप्तादिनमा १९ लाखको तस्करीको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा हुने चोरी तस्करीलाई निस्तेज बनाउने अभियान सुरु गरेको मोरङ प्रहरीले भन्सार छली गरेर आउने सामग्रीहरू धमाधम बरामद गर्न थालेको छ । चोरी तस्करी भएर आएको समान...

प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ

विराटनगर, ६ साउन । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे...

सप्तरीमा मृत्यु भएका १ जनामा कोरोना पुष्टि

सप्तरी, २२ साउन-कोरोना भाइरस (कोभिड-१९) जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।फर्किर घर क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका-५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर पोजिटिभ देखिएको हो । प्रदेश...

प्रदेश २ का आन्तरिक मामिलामन्त्री यादवलाई कोरोना संक्रमण

जनकपुरधाम, २२ साउन-प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइस (कोभिड-१९) पोजिटिभ देखिएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको हो ।   उनलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्