राशिफल

राजस्वको सेटिङमा ठूला उद्योगीलाई चैन, साना व्यवसायीलाई ऐन

 न्यूज विराट
राजस्वको सेटिङमा ठूला उद्योगीलाई चैन, साना व्यवसायीलाई ऐन

विराटनगर, चैत ४-राजस्व अनुसन्धान कार्यालय सुनसरीको पछिल्लो क्रियाकलापलाई लिएर सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले राजस्व चुहावट नियन्त्रणसम्बन्धी काममा संवेदनशील हुन आग्रह गरेका छन् । सरकारको प्रत्यक्ष उद्योग/व्यापार क्षेत्रसँग सरोकार राख्ने निकाय भएकाले उद्योग/व्यवसाय क्षेत्रको समस्या समाधानमा संमवेदनशील भएर अगाडि बढ्न स्थानीय उद्योगी तथा व्यापारीले आग्रह गरेका हुन् । उद्योगीहरूको समस्या समाधान गर्नेभन्दा ठूला उद्योगीहरूसँग सेटिङ कारोबार गर्ने र साना तथा मझौला व्यापारीलाई पाता कस्ने राजस्व कार्यालय सुनसरीको पछिल्लो गतिविधिबाट विराटनगरलगायत प्रदेश १ कै बजार प्रभावित बन्न पुगेको आरोप उद्योगी तथा व्यवसायीले लगाउन थालेका छन् ।

राजस्व अनुसन्धान कार्यालय सुनसरीका राजस्व प्रमुख वेदराज फुयाल र सुव्वा विशाल भण्डारीको आतङ्कबाट व्यवसाय नै धरासाइ भएको आरोप व्यापारीले लगाउन थालेका हुन् । राजस्व अनुसन्धान कार्यालयले व्यावसायिक क्षेत्रमा ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलताहरूलाई सहज बनाउनुपर्नेमा ठूला उद्योगीको सेटिङमा साना तथा मझौला व्यवसायीलाई छानी–छानी कारबाहीको नीति लिँदा कार्यालय प्रमुख फुयालसहित सुब्बा भण्डारी विवादित बन्न पुगेका छन् ।

व्यवसायीका अनुसार उद्योग/व्यवसाय क्षेत्रको निर्वाध सञ्चालनमा देखिएको कानुनी अस्पष्टतालाई स्पष्ट पार्दै सहज वातावरण तयार गर्नुपर्नेमा अहिले कुनै उद्योगीलाई छुट र कुनै व्यवसायीलाई कानुनी छिद्रा खोज्दै राजस्वको डण्डा बर्साउनु न्यायोचित नभएको दाबी पनि व्यवसायीले गरेका छन् । राजस्व अनुसन्धान कार्यालय सुनसरीले राजस्व क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरूलाई आपसी संवादका माध्यमबाट पनि समाधान गर्न सकिने प-र्याप्त बाटो हुँदाहुँदै नीजी क्षेत्रका मझौला व्यवसायीलाई तर्साएर कानुनी दायरामा ल्याउने नाममा राजस्वका फुयाल र भण्डारीले लिएको नीति अत्यन्त दुःखद विषय भएको कुरा पनि स्थानीय व्यवसायीले जानकारी गराएका छन् । एकातिर सरकारबाट औद्योगिक क्षेत्रको उत्पादन वृद्धि भई व्यापारमा सन्तुलन ल्याउनका साथै मुलुकलाई समृद्धि बनाउने निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भनाइ सार्वजनिक भइरहँदा राजस्व प्रमुख फुयालको पछिल्लो गतिविधिले व्यवसाय नै चौपट भएको गुनासो व्यवसायी गर्न थालेका छन् ।

विगतमा राजस्व कार्यालय सुनसरीले गरेको छापाबाट यति लामो समय बित्दा पनि सम्बन्धित उद्योगी तथा व्यवसायीलाई फायल फिर्ता नदिनुका पछाडि पनि कमिशनकै बार्गेनिङ भएको दाबी समाचारस्रोतले गरेका छन् । अर्थतन्त्रलाई प्रतिस्थापनमुखी बनाउँदै समृद्ध राष्ट्र बनाउन सरकारसँगै निजी क्षेत्रसमेत बलियो हुनुपर्ने सरकारको नीतिविपरीत राजस्व अनुसन्धान कार्यालय सुनसरीको क्रियाकलापका कारण नीजि क्षेत्रको कारोबार नै शून्यको अवस्थामा पुगेको कुरा व्यवसायीले बताएका छन् । अहिले मुलुकमा कोरोना भाइरस (कोविड– १९)बाट अर्थतन्त्र नै डामाडोल अवस्थामा पुग्दासमेत जिम्मेवार निकायमा आसीन व्यक्तिहरूबाट निजी स्वार्थमा काम हुनु मुलुककै लागि दुर्भाग्य भएको टिप्पणीसमेत व्यवसायीले गर्न थालेका छन् । (आर्थिक दैनिकबाट)

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...