मन्त्रीको गाडीमाथि ट्राफिक प्रहरीको कारबाही

 न्यूज विराट
मन्त्रीको गाडीमाथि ट्राफिक प्रहरीको कारबाही

जनकपुर, माघ ४–सरकारी सवारी साधन मनपरि चलिरहेका अवस्थामा प्रदेश २ मा मन्त्रीकै गाडी ट्राफिक कारबाहीमा परेको छ । ट्राफिक नियम उल्लंघन गरेपछि प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

मन्त्री उषा यादवले चढ्दै आएको ज १ झ ४३९ नम्बरको झण्डावाल गाडीलाई ट्राफिक प्रहरीले शिवचोकदेखि भानुचोकबीचमा ह्वील लक गरेको छ । समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढिकरण (विसु) अभियान कार्यक्रम जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा चलिरहेका बेला राज्यमन्त्री यादवलगायतको गाडी बीच बाटोमा राखिएको थियो ।

नो पार्किङ लेखिएको क्षेत्रमा राखिएपछि ट्राफिकले ह्वील लक गरेको हो । मन्त्री यादवको गाडीसँगै राखिएका अन्य सरकारी गाडी पनि कारबाहीमा परेका छन् । कार्यक्रममा सहभागी केही भारतीय नम्बरका गाडी पनि कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

सेनाको हेलिकाेप्टर लिएर सशस्त्र प्रहरी कालापानी जाँदै

काठमाडौं, २९ वैशाख-दार्चुलाको कालापानी सीमाक्षेत्रमा सशस्त्र प्रहरीको टोली जाने भएको छ । दार्चुलाको व्यास गाउँपालिका– १, छाङ्गरुमा सशस्त्रको आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर सशस्त्र प्रहरीको टोली बुधबारसम्ममा कालापानी सीमा सुरक्षाका लागि जान लागेको हो...

उद्योग वाणिज्य महासंघको निर्वाचन मिति र मोडालिटी तय गर्न समिति गठन

काठमाडौं, २१ साउन-नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न...

बीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको मृत्यु

धरान,  २९ भदौ-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका २ जना संक्रमितको मृत्यु भएको छ ।  तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  मोरङको...

विराटनगरमा दशैं फुट फेस्टिबल हुने, २५ वटा स्टल रहने

विराटनगर । विराटनगरमा दशैँ फुड फेस्टिवल हुने भएको छ । विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८ देखि कार्तिक ४ गतेसम्म दशैं फुड फेस्टिल हुने भएको हो । मञ्जिना मुभिज क्रिएसन...

चीनको चाङ्ग–अ फाइभ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण

एजेन्सी, १७ मंसिर-अन्तरिक्ष अभियानमा सफलता हात पार्दै गएको चीनले अर्को यानलाई सफलतापूर्वक अवतरण गराएको छ । चीनको रोबोटिक चाङ्ग–अ फाइभ अभियान अन्तर्गत गएराति सो यान चन्द्रमाको सतहमा अवतरण गराउन सफल भएको हो । चीनको यो...

काठमाडौंमा दाहाल–नेपालको प्रदर्शन हुँदै

काठमाठौं, १४ पुस-नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्ष समूहले मंगलबार काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन हुन लागेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको आन्दोलन परिचालन कमिटीले देशभर...

एकै दिन तीन ५० वर्षीय पुरुषमा कोरोना संक्रमण

आइतबार एकै दिन ३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार कोरोना संक्रमण देखिएका तीनै जना पुरुष र ५० वर्षीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले बताए । आइतबार...

परीक्षा मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाको जोड

विराटनगर । यस वर्षको चैत १५ गतेबाट सुरू हुने एसइइको परीक्षा मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । एजुकेसन हेल्पलाईनको आयोजना तथा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशको समन्वय ग्लोबल एकेडेमी र मनकामना स्कुलको आयोजनामा विराटनगरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्