आईपीएल : दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

 न्यूज विराट
आईपीएल : दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

एजेन्सी, १८ कात्तिक-दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । दिल्लीको जितमा अजिन्क्या रहाने र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । रहाने ६० रनमा आउट भए भने धवनले ५४ रन बनाए ।

यस्तै कप्तान श्रेयस अय्यरले ७, पृथ्वी शाले ९ रन जोडे भने मार्कुस स्टोनिस १० र ऋषब पन्त ८ रनमा अविजित रहे ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने लगातार १४ औं खेलमा बेन्चमा सीमित भएका छन् । बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए भने वासिङ्गटन सुन्दर र मोहमद सिराजले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ४ चौका प्रहार गरे । एबी डी भिलियर्स ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए ।

यस्तै शिवम दुवेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए भने कागिसो रबाडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।

जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ ।

पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । दिल्लीसँग पराजित बैंगलोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बैंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो ।

बैंगलोरले १४ खेलमा १४ अंक जोडेको छ । बैंगलोर ४ वर्षपछि पहिलो पटक प्ले अफमा पुगेको हो । अब बैंगलोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ ।

क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ । लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुनेछ । मुम्बईले जीत निकालेमा कोलकाता प्ले अफ पुग्ने छ । हैदराबादले जीत निकालेमा कोलकाता प्ले अफबाट बाहिरिनेछ ।

सम्बन्धित समाचार

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

महोत्तरी, कार्तिक २२ । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक...

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौं, १९ कात्तिक-त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ...

नागरिकको क्रियटर्स क्याम्पेन विराटनगरबाट सुरू, शिक्षादीप कलेजमा कार्यक्रम

विराटनगर । नेपाल रिपब्लिक मिडियाले उपत्यका बाहिर विराटनगरबाट क्रियटिभ क्याम्पेन सुरू गरेको छ । विराटनगरस्थित शिक्षादीप कलेजमा आइतबार एक कार्यक्रमको आयोजना गरी बाट क्रियटिभ क्याम्पेन सुरू गरेको हो । युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले...

दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद् अधिवेशनमा पर्नु दुःखद् : कांग्रेस

काठमाडौं, १८ असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को आजको...

मोरङमा ३२२ सहित प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जनाले जिते कोरोना

विराटनगर, १२ जेठ । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र...

समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षाको पक्षमा फैसला

एजेन्सी, असार २-अमेरिकी सर्वोच्च अदालतले समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षा दिने पक्षमा फैसला सुनाएको छ । सर्वोच्च अदालतले आफ्ना कर्मचारी समलिङ्गी वा ट्रान्सजेन्डर भएकै कारण जागिरबाट निकाल्नेहरूले कानुनको उल्लंघन गरिरहेको ठहर गरेको हो ।...

पूर्व स्वास्थ्य मन्त्री निर्मला लिम्बु अशोक राईको पार्टीमा गइन

विराटनगर । कोशी प्रदेशकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बु अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन् ।कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मलाले समाजवादी पार्टी रोजेकी हुन् ।जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट...

संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर

विभिन्न संवैधानिक निकायमा नवनियुक्त प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार नियुक्त भएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्