
मकवानपुर, १३ जेठ-मकवानपुरको राक्सिराङ गाउँपालिकामा हावाहुरीले रूख ढल्दा च्यापिएर १ महिला र १ बालकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि २ नाको मृत्यु भएको र २ जना घाइते भएको पुष्टि गरे ।
उनका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-५ का ५० वर्षीया वीरमाया प्रजा र वडा नं ३ का ६ वर्षीय आयुस मगर रहेका छन् । मृतक प्रजाको घटनास्थलमै मृत्यु भएको हो भने मगरको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष मल्लले जानकारी दिए । त्यस्तै, हावाहुरीकै कारण सरिखेतका २ जना घाइते भएको उनले बताए ।