बजेटका कमजोरी सच्याउने मुख्यमन्त्री राईको प्रतिबद्धता

 न्यूज विराट
बजेटका कमजोरी सच्याउने मुख्यमन्त्री राईको प्रतिबद्धता

विराटनगर,  १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी मात्रै नभएर सत्तापक्षकै सांसदहरुले बजेटबारे चर्को असन्तुष्टि जनाइरहेको बेला मुख्यमन्त्री राईले प्रदेशसभामा जवाफ दिँदै कमजोरी सच्याउने प्रतिबद्धता जनाएका छन् ।

‘केही न केही समस्याहरु र असन्तुष्टि प्रकट भएको कुरा मेरो नोटिसमा छ,’ मुख्यमन्त्री राईले भने,‘केही न केही कमजोरी हुँदै आएका छन् । ती कमजोरी सच्याउने दिशामा म केन्द्रित छु । ब्याकडोरबाट अर्थात् झ्याल, ढोकाबाट योजना छिराउने कुरालाई रोकेर हामीले यसपटक बजेट ल्याउने कोशिस गरेका छौं ।’

मुख्यमन्त्री राईले बजेट नेकपा संसदीय दलको नेता मुख्यमन्त्रीको नेतृत्वमा निर्माण भएकाले बजेटप्रति सत्ता पक्षका सांसदहरुले गर्व गर्नुपर्ने पनि बताए । उनले बजेटमा खुसी भएर आम जनसमुदाय, मिडिया, बैठक तथा भेलाहरुमा सत्तापक्षका सांसदहरुले निर्भिक भएर कुरा राख्न सक्नुपर्नेमा जोड पनि दिए ।

सम्बन्धित समाचार

विराटनगर महानगरमा सरसफाई अभियानलाई तीब्रता

विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो । बस पार्क टोल...

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबिच छलफल

विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ...

कोरोना कहरकाबीच मजदुरीका लागि भारत जानेको लर्को

सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् । खुला सीमा...

पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ : पशुपतिशमशेर जबरा

काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिनुभएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले...

पछिल्लो २४ घण्टामा ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ जना सङ्क्रमितको मृत्यु

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १ सहजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...

काठमाडौं उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १९६ महिला र २८६ पुरुषमा कोरोना पुष्टि भएको हो । आज सबैभन्दा धेरै...

सेन्ट जोसेफ स्कूलमा ग्राजुएसन

विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कूलमा प्रि स्कुल विद्यार्थीहरूको ग्राजुएसन समारोह सम्पन्न भएको छ। स साना विद्यार्थीहरू, अभिभावकहरू र शिक्षकहरूको उपस्थितिमा विद्यालयको प्रारम्भिक शैक्षिक यात्राको समापन मनाइएको हो। समारोहका प्रमुख अतिथि प्रधानाध्यापक एडोल्फ रोपरकले अभिभावकहरूप्रति...

कोरोना त्रासः चन्द्रगडी विमानस्थलमा उच्च सतर्कताम

विराटनगर, फागुन २२–कोभिड १९ भनिने कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि झापाका सीमाक्षेत्रसहित भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । भद्रपुर विमानस्थल परिसरमा बिहिबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्