सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबिच छलफल

 न्यूज विराट
सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबिच छलफल

विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ ।

नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीबिच शुक्रबार भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघीया र केसलियामा तटबन्धसहितको करिडोर निर्माणको विषयमा छलफल भएको मन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार प्रदेश १ को राजधानी विराटनगर भएर बिहारतर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले बिहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धसहितको करिडोर निर्माण गर्नुपर्नेमा मन्त्री कार्कीको जोड छ ।

यस्तै छलफलमा गत पौष २२ गतेदेखि नै रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण रहेको मीरगंज पुलको विकल्प खोज्न मन्त्री कार्कीले आग्रह गर्नुभयो । पुल भासिएपछि रानी नाकाबाट मालवाहक साधनबाट आयात–निर्यात नै रोकिएको छ । कुराकानीका क्रममा मन्त्री कार्कीले समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब सञ्चालन गरी आयात निर्यातमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

कार्कीले भन्नुभयो,“हरेक वर्ष पुल भासिने र ठुला मालवाहक सवारी साधन आउजाउ गर्न नसक्दा व्यवसायीले ठुलो परिमाणमा विलम्ब शुल्क बुझाउनु पर्ने बाध्यता छ । समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब सञ्चालन गरिनु पर्दछ ।”

सचिवालयका अनुसार मन्त्री कार्कीले दुवै प्रदेशका सीमा नाकामा हुने गरेका आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतको बिहारसंग जोडिएको सीमा नाकामा सुरक्षालाई व्यवस्थित बनाउने, दुई प्रदेशको सीमा क्षेत्रमा सामाजिक सद्भाव बढाउने विषयमा पनि सकारात्मक छलफल भएको छ । खुल्ला सीमा नाकाका कारण दुई प्रदेशको सीमामा हुने गरेका आपराधिक गतिविधि नियन्त्रण चुनौतीपूर्ण रहेको भन्दै यसलाई व्यवस्थित बनाउन दुवै तर्फका सुरक्षा निकायलाई सजक गराइने मन्त्री कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

२४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ असार-बिहीबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । बिहीबार काठमाडौंसहित देशभर १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८...

क्यानद्वारा ३० सदस्यीय प्रारम्भिक क्रिकेट टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघले टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । संघले कारवाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी पनि प्रारम्भिक टिममा परेका छन् । ओमानमा हुने टि–२०...

बुद्धोदय सहकारीद्धारा राहत कोषबाट एक लाख वितरण

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।सेयर सदस्य बुढीगंगा गाउँपालिका – १ की...

इटाली आगामी जुनदेखि यात्रा प्रतिबन्ध फुकुवा गर्ने

एजेन्सी, जेठ ४-इटलीले आगामी जुन महिनादेखि विदेश जान र आउन लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री जुजेप्पे कोन्टेले इटालीभित्रको आन्तरिक वाह्य यात्रा खुला गर्न लागिएको जानकारी दिएका हुन् । इटालीका जनतालाई फेरि...

मोरङको धनपालथानमा कांग्रेस–एमालेबिच कडा टक्कर, झिनो मतले कांग्रेसको अग्रता

मोरङको धनपालथान गाउँपालिकामा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच कडा टक्कर भएको छ । हालसम्म कुल ४०० मत गणना हुदा नेपाली कांग्रेसले झिनो मत अन्तरले अग्रता लिएको हो । नेपाली कांग्रेसबाट अध्यक्ष पदका...

धनकुटा उद्योग वाणिज्य संघका पदाधिकारीहरुद्धारा पदभार ग्रहण

विराटनगर, फागुन २२–धनकुटा उद्योग वाणिज्य संघको ४५ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार सर्वसम्मत रुपमा संघको अध्यक्षसहित सबै पदमा निर्वाचित भएका पदाधीकारीहरुले औपचारकि रुपमा पदभार ग्रहण गरेका हुन् । सोमबार...

सकियो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता

विराटनगर । स्वर्गीय शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता २०८१ सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन जुनियर, सब जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न भएको हो । जुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका...

सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला

रामकुमारी राई कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । श्रोत व्यक्ति प्रेमकुमार कार्कीको उपस्थितिमा सोमबार विद्यालय परिसरमा आम भेला सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्