राशिफल

पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ : पशुपतिशमशेर जबरा

 न्यूज विराट
पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ : पशुपतिशमशेर जबरा

काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिनुभएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका लागि फिर्ता लिएको जानकारी दिनुभयो ।

तर, आफूले नेतृत्वको दाबी छाडेकोमा केहीले चित्त दुखाएको र जिताउने विश्वास दिलाएका भन्दै उहाँले सो विचारलाई आफूले धन्यवाद दिने बताउनुभयो । ‘लामो समय हामीले पार्टीको नेतृत्व लियौँ । अहिले आएर मेरो विजय ठूलो हो या पार्टीको भन्ने सोचेँ’, उहाँले भन्नुभयो, ‘८० वर्षको उमेरमा नेतृत्व लिँदा पार्टी फुट्यो भने त्यसले राम्रो गर्दैन । मैले पार्टीको भविष्यलाई सोचेर अध्यक्षको दाबीबाट पछि हटेको हुँ ।’

राप्रपाको एकताका लागि यो महाधिवेशन कोशेढुङ्गा सावित हुनुपर्नेमा जोड दिएका उनले सबै नेता कार्यकर्ताप्रति पनि आह्वान गर्नुभयो । नेतृत्वको दाबीबाट पछि हटे पनि आफू राप्रपामै रहने कार्यकर्तालाई विश्वास दिलाएका उहाँले आफू नेतृत्वमा नभए पनि राप्रपा, यसका कार्यकर्ता र देश तथा जनताका लागि आफू सधैँ क्रियाशील भएर लाग्ने बताउनुभयो ।

अध्यक्षका उम्मेदवारद्वय कमल थापा र राजेन्द्र लिङ्देनलाई सहमतिमा नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो । प्रजातान्त्रिक विधि र पद्धतिअनुसार इमान्दारको जगमा मुलुक चल्नुपर्नेमा राप्रपा पक्षधर रहेको बताएका अध्यक्ष जबराले तर, प्रजातन्त्र आएका यतिका वर्षमा पनि मुलुकमा विकास र प्रगति भयो भन्ने अवस्था नआएको बताउनुभयो ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...