कोरोना कहरकाबीच मजदुरीका लागि भारत जानेको लर्को

 न्यूज विराट
कोरोना कहरकाबीच मजदुरीका लागि भारत जानेको लर्को

सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् ।

खुला सीमा नाकाका कारण यहाँका स्थानीवासी रोजगारीका लागि दैनिक सयौँको सङ्ख्यामा भारततर्फ गइरहेका छन् । रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य छन् ।

नेपालमा लकडाउन भएसँगै नेपाल भित्रिएका उनीहरू पाँच महिना आफ्नै देशमा बसेपछि पछिल्लो समय खान लाउन र दैनिक गुजारा गर्न समस्या भएपछि भारत पस्न बाध्य भएका हुन् । भारतमा फैलिरहेको कोरोनासँग मनमनै डर लागिरहेको भए पनि एक छाक टार्न र परिवार पाल्नका लागि भएपनि रोजगारीका लागि भारत गइरहेको नेपाली सीमाक्षेत्रमा भेटिएको स्थानीयवासी उमाशंकर साहले बताए ।

जिल्लाका अधिकांश नागरिक वर्षको करिब नौ महिना भारतका विभिन्न स्थानमा गएर काम गर्ने र भएको कमाइले बाँकी तीन महिना आफ्नो गाउँमा बसेर खाने गर्दछन् । सर्लाहीका प्रायः सबै स्थानीय तहबाट सयौँको सङ्ख्यामा नेपाली कामको खोजीमा भारतका विभिन्न राज्यमा जान सुरू गरिसकेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र राय यादवले बताए । उनका अनुसार गोडैताबाट करिब चार सय नेपाली रोजगारीका लागि भारत गएका छन् ।

नेपाली कामदार लिन भारतका विभिन्न स्थानबाट रिजर्भ बस सीमावर्ती बजारका बस पार्कमा आएर बस्ने गरेका छन् । ती बसमा करिब ४ हजार ५ सयसम्म भाडा तिरेर मजदुर काम गर्ने स्थलतर्फ जान थालेका छन् ।

सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाबाट पनि रोजगारीका लागि भारत जानेहरूको लर्को रहेको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । स्थानीय स्तरमा रोजगारी उपलब्ध नभएकाले कोरोना सङक्रमणकै बीचमा पनि उनीहरू भारत जान बाध्य छन् । जिल्लाबाट मजदुरीका लागि नेपाली भारतको पञ्जाब, दिल्ली, मुम्बई र सुरतमा जाने गरेका पाइएको छ । रासस

सम्बन्धित समाचार

बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी, १४ कात्तिक-यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)  मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न...

विराटनगरका सरसफाईकर्मी आन्दोलित

विराटनगर, ९ भदौ-कोरोना महामारीको बेला रोजगारी र पारिश्रमिक कटौती गरेको भन्दै विराटनगरका सरसफाईकर्मीहरु आन्दोलित भएका छन् । विराटनगर महानगरपालिका र वेष्ट म्यानेजमेन्ट गु्रपको संयुक्त साझेदारीमा सञ्चालित फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण कार्यक्रमअन्तर्गत कार्यरत १ सय...

उद्योग परिसंघ प्रदेश १ र एसियन थाइफुड्सद्वार दुई हजार मजदुरलाई राहत वितरण

विराटनगर, ११ जेठ । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ प्रदेश समितिको समन्वय र एशियन थाइफुड्सको सौजन्यमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका श्रमिक परिवारलाई राहत हस्तान्तरण गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले जारी...

लुम्बिनी विकास बैंकद्वारा लाहान नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सप्तरी, जेठ ८–लुम्बिनी विकास बैंकले लाहान नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महामारीका रुपमा फैलिएको कोभिड–१९ को उपचारमा तथा रोकथाममा सकृय स्वास्यकर्मीको उच्च मनोबल बढाउन लुम्बिनी विकासको बैंक लाहान शाखाले नगरपालिकालाई ७२ हजार रुपैयाँ...

महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए...

र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...

प्रदेश १ः भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने पहिलो मन्त्रीपरिषदको निर्णय

विराटनगर, १६ कात्तिक । प्रदेश १ सरकारले निवर्तमान मुख्यमन्त्री भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने भएको छ । राजेन्द्र राई मुख्यमन्त्री बनेपछि पहिलोपटक बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आचार्यका पालमा भएका...

प्रदेश १ मा दैनिक संक्रमणको नयाँ रेकर्डः आज १०३९ संक्रमित थपिए

विराटनगर, ३० वैशाख । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्