काठमाडौं उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित - News Birat

काठमाडौं उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित

न्यूज विराट

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १९६ महिला र २८६ पुरुषमा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६९ जना र भक्तपुरमा ३२ जनामा कोरोना पुष्टि भएको छ ।

आज देशभर कुल ५ हजार २४२ नमुनाको पीसीआर विधिबाट परीक्षण थप ८९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ।

मन्त्रालयका अनुसार शनिबार १ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । देशभर ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन् ।

यस्तै, आज थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या १ हजार ६८९ पुगेको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles