राशिफल

कोरोना त्रासः चन्द्रगडी विमानस्थलमा उच्च सतर्कताम

 न्यूज विराट
कोरोना त्रासः चन्द्रगडी विमानस्थलमा उच्च सतर्कताम

विराटनगर, फागुन २२–कोभिड १९ भनिने कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि झापाका सीमाक्षेत्रसहित भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा उच्च सतर्कता अपनाइएको छ ।

भद्रपुर विमानस्थल परिसरमा बिहिबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरेसँगै उच्च सतर्कता अपनाइएको हो । भद्रपुर विमानस्थलबाट काठमाडौँ जाने र काठमाडौँबाट फर्किने हवाई यात्रुलाई लक्षित गरी परीक्षण कक्ष स्थापना गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए ।

भद्रपुर नगरपालिकाको व्यवस्थापन तथा प्रशासन कार्यालय झापा र स्वास्थ्य कार्यालयको समन्वयमा स्थापना गरिएको परीक्षक कक्षको आज विहानदेखि सञ्चालनमा ल्याएको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा पुगेको टोलीले काठमाडौँबाट भद्रपुर आएका बुद्ध एयरका यात्रुलाई चेक जाँच गर्दै परीक्षण कक्षको उद्घाटन गरेको हो ।

विशेष गरी यस विमानस्थलमा भारत, भुटान, बंगालादेश लगायतका देशबाट यात्रुहरू आउने गरेकोले उनीहरूबाट कोरोना भाइरस नेपाल भित्रिन सक्ने अवस्थालाई मध्यनजर गरी विमानस्थलमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । विमानस्थलकै प्रवेशद्वारमा स्थापना गरिएको सो कक्षमा स्वास्थ्यकर्मी खटाइएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...