उमेश विश्वकर्माको ‘चर्तिकला’:फर्जि साधारणसभाबाट विधानसमेत संशोधन

 न्यूज विराट
उमेश विश्वकर्माको ‘चर्तिकला’:फर्जि साधारणसभाबाट विधानसमेत संशोधन

विराटनगर, असार ९। आर्थिक अनियमितता, किर्ते, फर्जि साधारणसभा, कर छलि लगाययतको आरोपमा मुछिएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ ।

विश्वकर्माले बहुमत साधारण सदस्य, संस्थापक सदस्यहरुको उपस्थिती र सहभागिता बिनै फर्जि साधारणसभा गरेर आफु अध्यक्षमा टिकिरहने मात्र नभई विधाननै समेत संशोधन गरेको पाइएको छ ।

अध्यक्ष विश्वकर्माले मनोमानी ढंगले कार्य समितिका अन्य पदाधिकारी र सदस्यहरु राख्ने गरेका मात्र छैनन् काुननलाईनै चुनौती दिँदै विधान विपरितका गतिविधिनै गर्ने गरेको पाइएको हो ।

श्रोतका अनुसार संस्था स्थापनादेखि हालसम्म फर्जि साधारणसभा गरेर अध्यक्षमा टिकि रहेका विश्वकर्माले नियम र प्रकया विपरित विधान संशोधन गरेका हुन् । विधान अनुसार साधारण सभामा उपस्थित दुई तिहाई सदस्यको बहुमतले विधान संशोधन गर्नुपर्ने भएपनी उमेश विश्वकर्माले साधारणसभामा गैर सदस्यहरुको सहभागिता देखाएर विधान संशोधन गरेको खुलेको हो ।

विधान संशोसधन गर्नुको उदेश्य सकारात्कम भएपनि संशोधित विधानमा गैर सदस्य रहेका विश्वकर्माकै आफान्त र चिनेजानेका व्यक्तिले हस्ताक्षर गरेको स्पष्ट देख्न सकिन्छ ।

विश्वकर्माले संस्थाको साधारण र संस्थापक सदस्यसमेत नरहेका व्यक्तिहरुको सहभागिता देखाएर फर्जि साधभारणसभा गरि विधान संशोधन गरेको संस्थाकै सदस्यहरुले दावी गरेका छन् । उक्त संस्थाको विधानको दफा २४ को उपदफा १ बमोजिम कुल सदस्य संख्याको दुई तिहाइ बहुमतबाट मात्र विधान संशोधन गर्न सकिन्छ ।

संस्थाको हित र उन्नतीका लागि आवश्यकता अनुसार संस्थाको विधान संशोधन समितिको सिफारिसमा साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाई बहुमतले गर्न सक्नेछ । यसरी संशोधित विधान स्थानीय अधिकारीको स्वीकृती प्राप्त भएपछी लागु हुनेछ ।’ विधानमा भनिएको छ ।

तर, अध्यक्ष विश्वकर्माले कानुनलाईनै चुनौती दिँदै राज्यबाट कर छुटको सुविधा लिएर व्यक्तिगत आर्थिक लाभ लिन मनोमानि ढंगबाट संस्थापक र साधारण सदस्यहरुको जानकारी बिनै विधान संशोधन गरेका हुन् । अधिकांश संस्थाका संस्थापक तथा साधारण सदस्यहरुले आफुलाई विधान संशोधन र साधारणसभाका विषयमा जकनाकारीनै नआएको बताएका छन् ।

यहाँ हेर्नुहोस्

यो पनि

रिडेफ नेपालको दलित अभियान ‘देखाउने दाँत’ संस्था उमेश विश्वकर्माको ‘कमाईखाने भाँडो’

रिडेफ नेपालमा अध्यक्ष उमेश विश्वकर्माको ‘मनोमानी’, साधारणसभाबिनै पद हेरफेर

‘नटवरलाल’ उमेश विश्वकर्माः विधानमा २ वर्ष बोर्डमा ३ वर्षे कार्यकाल

सम्बन्धित समाचार

क्रिकेटका ‘भीष्मपितामह’ नरेश श्रेष्ठको निधन

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को सल्लाहकार नरेश श्रेष्ठको निधन भएको छ । विराटनगरका स्थायी बासिन्दा ७५ वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो । आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठको काठमाडौंस्थित शिक्षण...

साहित्यकार हरि कट्टेलको बिलौनै बिलौना लोकार्पण

विराटनगर । साहित्यकार हरि कट्टेलको छन्दोबद्ध लघु काव्य बिलौनै बिलौनाको दोस्रो संस्करण लोकार्पण भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र छन्द बाटिका नेपालद्धारा शनिबार संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त लघु काव्यको लोकार्पण गरिएको...

अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी चिकित्सकको पीडा, न्यायको लागि हारगुहार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका घर र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ माइती घर भएकी एक चिकित्सक महिलाले अदालती फैसलापछि पनि आफ्नो कानुनी हकको जग्गा भोगचलन गर्न नपाएको पीडा सार्वजनिक गरेकी छिन् ।बीपी कोइराला स्वास्थ्य...

विद्यार्थीको रोजाइमा मेरिल्याण्ड कलेज, प्रवेश परीक्षा दिनेको भिड

विराटनगर । विराटनगर – ७ स्थित एकमात्र व्यवस्थापन संकाय पढाइ हुने मेरिल्याण्ड कलेजमा विहिबार कक्षा –११ मा नयाँ सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विहान र दिवा सत्र गरि...

एकिकृत जाँच चौकी(आइसिपी) सञ्चालनमा, ओली र मोदीले गरे संयुक्त उद्घाटन्

विराटनगर, माघ ८–भारत सरकारको सहयोगमा विराटनगर–१८ मा निर्माण गरिएको एकिकृत जाँच चौकी (आइसिपी) आजबाट संचालनमा आएको छ । आइसिपी संचालनमा आएपछि आयातनिर्यातमा सहजता हुने अपेक्षा गरिएको छ । बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र...

नेकोस कोशी प्रदेशको अध्यक्षमा उद्योगी राठी

विराटनगर । नेकोस राष्ट्रिय आईटीए तेक्वान्दो संघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी अरुण राठीलाई निर्विरोध निर्वाचित भएका छन् ।नाकोसको विराटनगरमा मंगलबार भएको प्रथम सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार...

फर्जि काममा ‘अब्बल’ उमेश विश्वकर्मा, कोषाध्यक्षको हस्ताक्षरबिना लेखा परिक्षण प्रतिवेदन

विराटनगर, असार १८| फर्जि साधारणसभा, संस्थापक र साधारणसदस्यहरुको हस्ताक्षर किर्ते, आर्थिक अनियमितता, करछलीलगायतको पर्दाफास भएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ । दलित...

रोटरीले हस्तान्तरण गर्यो १० हजार थान मास्क

विराटनगर, ११ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरका विभिन्न संस्थालाई स्वास्थ्य सुरक्षाका लागि लगाइने मास्क हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यका काम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्