राशिफल

रिडेफ नेपालमा अध्यक्ष उमेश विश्कर्माको ‘मनोमानी’, साधारणसभाबिनै पद हेरफेर

 न्यूज विराट
रिडेफ नेपालमा अध्यक्ष उमेश विश्कर्माको ‘मनोमानी’, साधारणसभाबिनै पद हेरफेर

विराटनगर, जेठ ३१–मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा एकपछी अर्को खुलासा हुँदै जान थालेको छ । उक्त संस्थाका अध्यक्ष विश्वकर्मा बहुमत साधारण सदस्य, कार्यसमितिका अन्य सदस्य तथा पदाधिकारीहरुको सहमति विपरित आफुखुशि काम र साधारण सभाविनै जुनसुकै बेला पद हेरफेर गर्ने गरेको तथ्य न्युज विराटलाई फेला परेको छ ।

समाचार श्रोतका अनुसार संस्था मार्फत व्यक्तिगत लाभका लागि जस्तोसुकै ‘हत्कण्डा’ अपनाउन पछि नपर्ने अध्यक्ष विश्वकर्माले मुख्य पदाधिकारी र सदस्यहरुको जानकारी र साधारणसभा विनै पद हेरफेर गर्ने गरेको पाइएको हो ।

संस्थाको प्रचार र सस्तो लोकप्रियताका लागि विश्वकर्माले पदाधिकारीहरुको विवरण फरक–फरक ठाउँमा फरक–फरक उल्लेख गर्ने गरेको पाइएको हो । त्यसो त उनै विश्वकर्माले पदाधिकारीहरुको विवरण आफुखुशि र आफु अनुकुल देखाउने गरेको देखिएको छ । ‘१० कक्षा समेत उतिर्ण नगरेका अध्यक्षलाई सामान्य कानुनी ज्ञान पनि नभएर होला जहाँ जे मन लाग्यो त्यहि विवरण लेख्ने र लेखाउने गर्नु भएको छ ।’ श्रोतले भन्यो,‘अध्यक्ष जिले सामाजिक संस्थालाई प्राइभेट कम्पनी जस्तो बनाउनुभएको छ ।’

उनले साधारणसभा विनै आफु अनुकुल मुख्य पदाधिकारी राख्ने र अनुकुल नभए हटाउने गरेको पाइएको छ । संस्थाका एक पूर्व पदाधिकारीले आफु कार्यसमितिको प्रमुख कार्यकारी पदमा भएपनि सँधै गतिविधिबाट बेखबर रहेको दावी गरे । आफ्नो नाम र पद उल्लेख गर्ने शर्तमा उनले भने,‘म कार्यकारी पदमा थिएँ । धेरै कुरा मलाई थाहा हुँदैनथ्यो । विधान अनुसार बैंक खातामा मेरो पनि हस्ताक्षर अनिवार्य हुनुपर्ने हो, तर मसहितको खाता खोलिएको मलाई थाहा छैन । गलत गतिविधिको म विरोधनै गर्छु । पछि खै मलाई कतिबेला हटाइएछ थाहा पाइएन ।’

अध्यक्ष उमेश विश्वकर्माले सस्तो लोकप्रीयता र संस्थाको प्रचारगरि व्यक्तिगत लाभ लिन पदाधिकारीनै परिवर्तन गरिदिने गरेको संस्थाकै सदस्यहरुले आरोप लगाएका छन् ।

केही दिन अघि मात्र पनि अध्यक्ष विश्वकर्माले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत जारी गरेको प्रेस विज्ञप्तीमा पदाधिकारीनै हेरफेर गरिदिएका छन् ।

उनले उक्त विज्ञप्तीमा संस्थाको कार्यसमितिमा उल्लेख भएकी उपाध्यक्ष राधा पासवानलाई हटाएर सहसचिव रहेकी सम्झना मोतेलाई उपाध्यक्ष उ्रल्लेख गरेका छन् । ३ वर्षे कार्यकाल देखाइए पनि उपाध्यक्षनै हेरफेर गर्नुमा अध्यक्ष विश्वकर्माको गलत नियत देखिएको संस्थाकै सदस्यहरुले आरोप लगाएका छन् ।

त्यसो त उक्त विज्ञप्ती उमेश विश्वकर्मा आफैले शेयर गरेकाले प्राविधिक त्रुटि हुनै नसक्ने श्रोतको दावी छ । श्रोतका अनुसार विज्ञप्तीमा मात्र होइन, विभिन्न कार्यक्रम, स्थानीय, प्रदेश सरकार, अन्तराष्ट्रिय गैरसरकारी संस्था(दाता) सँग बजेट माग्ने प्रोपजल, विभिन्न कार्यक्रममा विश्वकर्माले मनोमानीरुपमा गैर सदस्यहरुलाई पनि पदाधिकारी र सदस्य भनेर उल्लेख गर्ने गरेका छन् ।

यहाँ हेर्नुहोस्


समाचार श्रोतका अनुसार संस्थामार्फत सँधै व्यक्तिगत लाभ लिइराख्न पल्केका अध्यक्ष विश्वकर्माको कार्यशैलीप्रती आपत्ति जनाए हदै सम्मको षड्यन्त्र र गतिविधि गर्ने गरेका छन् । सो विषयमा प्रतिकृया लिन पटक पटक सम्पर्क गर्न खोज्दा समेत विश्वकर्मासँग सम्पर्क हुन सकेन ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...