‘नटवरलाल’ उमेश विश्वकर्माः विधानमा २ वर्ष बोर्डमा ३ वर्षे कार्यकाल

 न्यूज विराट
‘नटवरलाल’ उमेश विश्वकर्माः विधानमा २ वर्ष बोर्डमा ३ वर्षे कार्यकाल

विराटनगर, असार ४–रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा एकपछी अर्को खुलासा हुँदै गएको छ । उक्त संस्थाका अध्यक्ष विश्वकर्माले बहुमत साधारण सदस्य, संस्थापक सदस्यहरुको उपस्थिती र सहभागिता बिनै फर्जि साधारणसभा गरेर आफु अध्यक्षमा टिकिरहने गरेको श्रोतले जनाएको छ । अध्यक्ष विश्वकर्माले मनोमानी ढंगले कार्य समितिका अन्य पदाधिकारी र सदस्यहरु राख्ने गरेको मात्र नभई विधान विपरितका गतिविधिनै गर्ने गरेको पाइएको हो ।

अध्यक्ष उमेश विश्वकर्मा औपचारिक रुपमा साधारणसभानै नगरि संस्था स्थापना भएदेखि हालसम्म आफै अध्यक्ष बनेको पाइएको छ । संस्थापक र साधारण सदस्यहरुको सहभागिता बिनै फर्जि साधारणसभा गरेर विश्वकर्मा आफै अध्यक्ष बन्ने गरेको श्रोतले जनायो ।

श्रोतका अनुसार उनले साधारणसदस्यहरुको हस्ताक्षरसमेत किर्ते गरेर फर्जि साधारणसभाबाट पदाधिकारीमा आफ्ना नजिकका आफन्त र आफु अनुकुलका व्यक्ति राखेर संस्था चलाउने गरेका छन् । संस्थाबाट व्यक्तिगत लाभ लिइरहन पल्किएका उमेश विश्वकर्माको गतिविधिको विरोध जनाउँदै आएका बहुमत संस्थापक र साधारण सदस्यहरु जसरी पनि साधारणसभा गरि विश्वकर्मालाई अध्यक्षबाट हटाउने पक्षमा रहँदै आएका छन् ।

तर, उनै विश्वकर्मा संस्थापक र बहुमत साधारण सदस्यको जानकारी बिनै र फर्जि साधारणसभा गरेर आफै अध्यक्षमा टिकि रहेको श्रोतले बतायो । विश्वकर्मा संस्था स्थापना भएदेखि हालसम्म ‘प्राइभेट कम्पनि’ जस्तो एकल अध्यक्ष बनेको पाइएको छ । ‘अध्यक्ष जहिल्यै समुदायका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ र लाभमा मात्र लाग्नुभयो । हामीले समितिमा छँदा त्यस्ता कृयाकलापको विरोधनै गर्दै आएका हौँ । सामाजिक काम निश्वार्थ भावनाले हुनुपर्छ । सँधै व्यक्तिगत फाइदाकै कुरा आउँदा विरोध हुनु स्वभाविक हो ।’ एक साधारण सदस्यले भने,‘हामी संस्थाका लगभग अधिकांश संस्थापक र सदस्यले यत्रो वर्षसम्म साधारणसभाको सुचना र जानकारीनै पाएका छैनौँ । जानकारी लिन खोज्दा अनेक बाहानाबाजि गरिन्छ । बैधानिकरुपमा साधारणसभा भए हामीले अनिवार्यरुपमा जानकारी पाउनुपर्ने हो । तर, अहिलेसम्म हामीलाई यसबारे जानकारी छैन । अब कसरी समिति हेरफेर गरिरहनुभएको छ, त्यो उहाँहरुकै कुरा हो ।’

त्यसो त उमेश विश्वकर्माले विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था, स्थानीय तथा प्रदेश सरकारलाई प्रभावमा पार्न विधान विपरित कार्यसमितिको कार्यकाल उल्लेख गर्ने गरेको पाइएको छ ।

यहाँ हेर्नुहोस् :

उक्त संस्थाको विद्यानको धारा १३ को उपधारा ३ मा कार्यसमितिको पदावधि २ वर्ष उल्लेख छ । ‘कार्य समितिको पदावधि २ वर्षको हुनेछ । साधारणसभा हुन नसके ३ महिनासम्म सोही समिति कायम हुनेछ ।’ विधानमा भनिएको छ ।

तर, अध्यक्ष उमेश विश्वकर्माले विधान विपरित समितिको कार्यकाल ३ वर्षको उल्लेख गर्ने गरेका छन् । रिडेफको कार्यालयमा राखिएको कार्यसमिति विवरणमा पनि तीन वर्षे कार्यकाल उल्लेख गरिएको छ । संस्थाकै एक सदस्यका अनुसार विश्वकर्मा आफैले त्यसो गरेका हुन् । त्यति मात्र नभई अध्यक्ष विश्वकर्माले विभिन्न कार्यालयमासमेत झुटो विवरण बुझाउने गरेको श्रोतको दावी छ ।

यो पनि

 

 

सम्बन्धित समाचार

नगरलाई दलितमैत्री वातावरण बनाई क्षमता अभिवृद्धी गर्न माग गर्दै ज्ञापन

अर्पणा केशी पथरी, असार ९ मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ...

नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडाैं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही २४ असार (बुधबार)सम्मका लागि स्थगित भएकाे छ। नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसअघि यही...

कोरोना संक्रमित थपिएपछि इनरुवामा पुनः लकडाउन

सुनसरी, १० साउन-सरकारले लकडाउनलाई खुला गर्ने निर्णय गरेपनि इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य सङ्घ इनरुवा सुनसरीसहित सरोकारवालाको बैठकले इनरुवामा आजदेखि पुनः लकडाउन गर्ने निर्णय...

एकता दिवसलाई राष्ट्रव्यापी बनाउन दवाव दिनुपर्छः लिङदेन

विराटनगर, २७ पुस-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता भएको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित २९९ औं पृथ्वी जयन्ती...

राहत पर्खंँदै गन्धर्व बस्ती

तनहुँ, ३० चैत-१८ दिनयताको ‘लकडाउन’का कारण जिल्लाको भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५ घरपरिवार राहतको पर्खाइमा छन् ।...

मृत शिशु छोडेर आफन्त सम्पर्क विहीन, शव व्यवस्थापनमा समस्या  

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको लागि ल्याएको नवजात शिशु उपचारको क्रममा मृत्यु भएपछि आफन्त सम्पर्क विहीन भएका छन् । भारतको अररिया घर भएका सुशील कुमार मण्डको तीन दिनको नवजात शिशुको उपचारको क्रममा गोल्डेन अस्पतालमा...

मोरङको जहदामा धारिलो हतियार प्रहार गरि महिलाको हत्या गर्ने पक्राउ

विराटनगर, २९ माघ । मोरङको जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । सवरियाका ज्वाई नाता पर्ने...

स्वच्छ वातावरण राख्न जैविक विविधताको महत्त्वपूर्ण योगदानः प्रधानमन्त्री ओली 

काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्