क्रिकेटका ‘भीष्मपितामह’ नरेश श्रेष्ठको निधन

 न्यूज विराट
क्रिकेटका ‘भीष्मपितामह’ नरेश श्रेष्ठको निधन

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को सल्लाहकार नरेश श्रेष्ठको निधन भएको छ । विराटनगरका स्थायी बासिन्दा ७५ वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो ।

आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारक्रममा निधन भएको हो । उनी डेढ महिनादेखि उपचार्थ थिए । पत्थरी देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आन्द्रामा क्यान्सर देखियो । शल्यक्रियाका क्रममा आन्द्रा काटेर फालिएको थियो, तर जोडिएको आन्द्राबाट ‘लिकेज’ भएपछि उनलाई चार सातादेखि भेन्टिलेटरमा राखिएको थियो ।

नरेशले आफ्नो जीवनको ४५ वर्ष क्रिकेटमै समर्पित गरे । यो यात्रामा उनलाई क्रिकेटका प्रायः सबै पण्डितहरूले पूर्वाञ्चल क्रिकेटको ‘भीष्मपितामह’ उपनाम पनि दिए । उनैको निधन भएको छ ।

उनलाई नजिकबाट चिन्ने क्रिकेटका खेलाडीहरुले ‘नरेश दाइ’ को निधनले कोशी प्रदेशमात्र नभई मुलुकको क्रिकेटले कुशल अभिभावक गुमाएको बताउँछन् । श्रेष्ठले विराटनगरमात्र नभएर तत्कालीन कोशी अञ्चललाई नै क्रिकेटबाट चिनाए ।

श्रेष्ठले विराटनगरमा क्रिकेट क्लबहरू खोल्ने अभियान सुरु गरेका थिए । सुरुमा उनले युथ क्रिकेट क्लब खोले । उक्त क्लबमार्फत वार्षिक रूपमा दर्जन बढी विभिन्न प्रतियोगिता आयोजना गरेर क्रिकेटको विकासमा योगदान गरिरहे । श्रेष्ठको परिवार नै क्रिकेटप्रति समर्पित रहेका छन् । उनका दुई छोरा युनिल र मञ्जित दुवैले राष्ट्रिय टोलीबाट खेले ।

उनकै पहलमा विराटनगरमा बरगाछी क्रिकेट क्लब, गुराँस पुस्तकालय, वीपी कोइराला इन्डो–नेपाल क्रिकेट फाउन्डेशन र पछिल्लो पटक पूर्वाञ्चल क्रिकेट एकेडेमीको जन्म भएको करिब चार दशक श्रेष्ठसँग सहयात्रा गरेका शिरीष उपाध्याय सुनाउँछन् ।

तत्कालीन पूर्वाञ्चल क्रिकेट विकास समितिका अध्यक्ष, उपाध्यक्ष रहेका उनी क्यानको सदस्यदेखि उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिमा सल्लाहकार थिए । २०६३ सालमा क्यानबाट हटाइएका उनी गत वर्ष पुनः सदस्यको रूपमा प्रवेश गरेका थिए ।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे नेपाली क्रिकेटमा नरेश श्रेष्ठको योगदान अतुलनीय रहेको बताउँछन् । ‘उनी अम्पायरिङबाट घरेलु क्रिकेटमा आए, राष्ट्रिय प्रतियोगितामा पनि अम्पायरिङ गरे,’ पाण्डेले विगत सुनाए, ‘४० को दशकमा उनी क्यानमा आए, धेरै वर्ष संघमा कार्यकारी सदस्य रहेर क्रिकेट विकासमा तल्लीन रहे । छोराहरूलाई क्रिकेटमा लगाउनु उनको सबैभन्दा ठूलो योगदान हो जस्तो मलाई लाग्छ ।’

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्