एकिकृत जाँच चौकी(आइसिपी) सञ्चालनमा, ओली र मोदीले गरे संयुक्त उद्घाटन्

 न्यूज विराट
एकिकृत जाँच चौकी(आइसिपी) सञ्चालनमा, ओली र मोदीले गरे संयुक्त  उद्घाटन्

विराटनगर, माघ ८–भारत सरकारको सहयोगमा विराटनगर–१८ मा निर्माण गरिएको एकिकृत जाँच चौकी (आइसिपी) आजबाट संचालनमा आएको छ । आइसिपी संचालनमा आएपछि आयातनिर्यातमा सहजता हुने अपेक्षा गरिएको छ । बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाईटेक प्रबिधिको प्रयोगगर्दै आइसिपीको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाण्डौबाट र भारतीय प्रधानमन्त्री मोदीले भारतको राजधानी दिल्लीबाट रिमोट कन्ट्रोलबाट आइसिपी परिसरमा रहेको शिलालेखको पर्दा अनावरण गरे ।

सो अवसरमा दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाट सभालाई सम्बोधन समेत गरे । सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले आयात निर्यातका निम्ति आवश्यक हुने सम्पुर्ण सेवाहरु एकै ठाँउबाट उपलब्ध भएपछि उद्योगी ब्यवसायीलाई सहज हुनुका साथै अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालको चौतर्फी विकासमा नेपालको प्राथमिकता अनुसार भारत एउटा विश्वशनिय पार्टनरका भुमिका निर्वाह गर्दै आएको बताए । छिमेकीलाई पहिलो प्राथमिकता आफ्नो सरकारको मुख्य निति रहेको उनको भनाई थियो ।

आइसीपी समुदघाटन समारोहमा बोल्दै उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले नेपाल भारत दुवै देश एक अर्कालाई समृद्ध र विकसित मुलुककोरुपमा हेर्ने आकाँक्षी रहेको उल्लेख गरे । प्रतिनिधि सभा सदस्य एवम पुर्वमन्त्री शिवकुमार मण्डलले आइसिपी संचालनबाट भन्सारमा हुने कामकारवाहीमा पारदर्शिता आउने विश्वास ब्यक्त गरे ।

आइसिपी निर्माणगर्न तात्कालिन बुधनगर गाविस हाल विराटनगर महानगरपालिकाको करिब चार सय घरपरिवारलाई मुआब्जा दिएर १ सय ६९ बिघा जमिन अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको जग्गामध्ये १ सय २९ बिघामा आइसिपी निर्माण गरिएको छ भने बाँकी ४० बिघामा लिंक रोडको निर्माण भएको छ । आइसिपीको लम्बाई ८ सय ५० मिटर र चौडाई ५ सय मिटर रहेको छ ।

आईसिपी भित्रै गोदाम, चेकपोष्ट, रेलवे स्टेशन, मालबाहक सवारी पार्किङदेखि पशु र प्लान्ट क्वारेन्टाइन कार्यालय, बैंक, होटल, प्रयोगशालालगायत सबै सुविधा उपलब्ध हुने जनाइएको छ । भारत सरकारको १ सय १४ करोड भारतीय रुपैया सहयोगमा आइसिपी निर्माण गरिएको हो । १६ मार्च २०१७ मा नेपाल भारतबीच सम्झौताई भई आइसिपीको निर्माण कार्य अघि बढेको थियो ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College