नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

 न्यूज विराट
नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

काठमाडौं, ५ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पारेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको ९९ वर्ष पुगेको र नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६५ वर्ष पूरा भएको अवसरमा नेकपाका र सीपीसीका नेताहरुबीच भएको भिडियो कन्फ्रेन्समा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कुनै सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पारेका हुन् ।

प्रचण्डले भिडियो कन्फ्रेन्समा नेपाल–चीन सम्बन्ध पहिले देखि नै राम्रो रहेको स्मरण गर्दै आगामी दिनमा पनि दुई देशबीच थप राम्रो सम्बन्ध रहने विश्वास व्यक्त गरे ।

प्रचण्डको भनाई उदृत गर्दै स्कुल विभाग उपप्रमुख वेदुराम भुसालले भने, ‘अध्यक्ष प्रचण्डले नेपाल सधै असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको, सधै आफूहरु एक चीन नीतिमा अडिग रहेको र नेपाललाई चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने धारणा राख्नुभयो ।’

प्रचण्डले भौगोलिक रुपमा, जनसंख्या र विकासमा एकरुपता नभएपनि नेपाल चीनबीच सम्बन्धमा कुनै समस्या नरहेको बताए । उनले भने, ‘हाम्रो सम्बन्ध धेरै राम्रो छ । नेपाल सधै तिब्बत, हङकङ र सिन्जियाङको विषयमा चीनको समर्थन गर्छ ।’

प्रचण्डले बीआरआई नेपाल जस्ता विकासशील देशहरको विकासका लागि अवसर भएको बताए । भूकम्प र कोराना भाइरस (कोभिड–१९) को महामारीमा चीनले नेपाललाई गरेको सहयोगको प्रसंशा गर्दै उनले भने, ‘सहज अवस्थामा र असहज अवस्थामा चीनको सहयोग नेपालका लागि धेरै महत्वपूर्ण छ । नेपाल चीन दुःख सुखका मित्र हौं ।’

नेकपा चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग विकास, समृद्धि र शान्तिका लागि सधै सहकार्य गरेर जान इच्छुक रहेको प्रचण्डको भनाई थियो ।

कन्फ्रेन्समा नेकपाका स्कुल विभाग प्रमुख एवं उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले भूकम्प र कोरोना भाइरस (कोभिड–१९) को महामारीमा नेपाललाई चीन सरकारले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

उनले नेकपा र सीपीसीबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरे । विदेश विभागका उपप्रमुख भुसालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको ९९ वर्ष पुगेको र नेपाल चीन दौत्य सम्बन्ध भएको ६५ वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

लिपुलेक विवादबारे प्रचण्ड: कागजमा जस्तै व्यवहारमा पनि सरकारले सही ढंगले काम गरोस्

काठमाडाैं, २८ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको...

आरआरमा नेविसंघ र अखिलबीच झडप

काठमाडौं, फागुन ५–प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार बिहान अनेरास्ववीयू र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईतेको भएको नेविसंघ महामन्त्री दिपक भट्टराईले...

विराटनगर विमानस्थल प्राथमिकतामा पर्न नसकेको सरकारका प्रतिनिधिहरूलेनै स्वीकारे

विराटनगर । विराटनगर विमानस्थल तीन तहको सरकारको प्राथमिकतामा पर्न नसकेको स्वयम् सरकारका प्रतिनिधिहरूले स्वीकार गरेका छन् । विराटनगर विमानस्थलको विस्तारका लागि संघीय सरकारले प्राथमिकतामा राखेर बजेट उपलब्ध नगराएको प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले बताएका छन्...

के हो पक्षघात ?, कसरी हुन्छ यसको उपचार

आज विश्वका करिब आठ करोड मानिस पक्षघातबाट पीडित छन् । पाँच करोड भन्दा बढी मानिस स्थाई रुपमा अपाङ्गता भएका व्यक्ति छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस...

चिकित्सकको लापरवाहीले विरामी मृत्यु भएको आरोप, सिटी हस्पिटलमा तनावग्रस्त

विराटनगर । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाउँदै विराटनगरस्थित विराटनगर सिटी अस्पताल सोमबार तनावग्रस्त बनेको छ ।मोरङको जहदा गाँउपालिका – ४ की ३९ वर्षीया सन्जु मेहेताको शल्यक्रियाको क्रममा मृत्यु भएपछि अस्पताल आज दिनभरी तनावग्रस्त...

कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

काठमाडौं, १५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु...

१ घण्टाको अवधिमा कतार एयरका २ उडान

कतार एयरलाइन्सले शनिबार २ वटा उडान भर्दै छ ।विदेशी नागरिकलाई फर्काउनका लागि अनुमति दिइएको कतार एयरले काठमाडौंदेखि दोहा उडान भर्न थालेको हो। शुक्रबार ३०० युरोपेली नागरिकलाई लगेको कतार एयरले शनिबार १०:१५ मा एउटा र ११:१५...

उपभोक्ता दिवसः प्रदेश राजधानी विराटनगरमा अन्तरकृया

विराटनगर, चैत २–वाणिज्य आपूर्ति तथा विश्व उपभोक्ता संरक्षण कार्यालय बिराटनगरले आज १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मार्च १५ मा हरेक वर्ष मनाउदै आएको उपभोक्ता दिवस आज बिभिद कार्यक्रम गरि देश भर मनाए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्