चिकित्सकको लापरवाहीले विरामी मृत्यु भएको आरोप, सिटी हस्पिटलमा तनावग्रस्त

 न्यूज विराट
चिकित्सकको लापरवाहीले विरामी मृत्यु भएको आरोप, सिटी हस्पिटलमा तनावग्रस्त

विराटनगर । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाउँदै विराटनगरस्थित विराटनगर सिटी अस्पताल सोमबार तनावग्रस्त बनेको छ ।
मोरङको जहदा गाँउपालिका – ४ की ३९ वर्षीया सन्जु मेहेताको शल्यक्रियाको क्रममा मृत्यु भएपछि अस्पताल आज दिनभरी तनावग्रस्त बनेको हो ।

मृगौलामा पथरी रहेकाले शल्यक्रियाको लागि उनी आइतबार अस्पताल आएकी थिइन् । शल्यक्रियाको क्रममा उनको आइतबार मृत्यु भएको थियो ।

मृतकका आफ्न्तले शल्यक्रिया गर्दा चिकित्सकले गम्भिर लापरबाही गरेको भन्दै विरामीका आफन्तहरुले हस्पिटल र चिकित्सकलाई कारवाहीको माग राख्दै नाराबाजी गरे । ‘मृतक मेहेता बिहान १० बजे सिटी अस्पतालमा चेकजाँचका लागि आउनुभएको थियो । मृगौलामा पथरी रहेकाले त्यसैको उपचारका लागि सिटी अस्पताल आउनुभएको थियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिनुभयो । त्यही अनुसार गर्न हामीले सझुाब दियौ,’ मृतकका नातेदार देवर पर्ने विभाष सिंहले भने, ‘चिकित्सकको लापरवाहीले भाउजुको मृत्यु भएको छ ।’ लापरवाही गर्ने चिकित्सकलाई कारावहीको दायारमा ल्याउनुपर्ने उनले बताए ।
‘डाक्टरले अप्रेशन गर्नु भन्नुभएको रहेछ, बिरामीसँग पैसा थिएन, डाक्टरले केही दिन पछाडी पैसा दिँदा हुन्छ । भनेर अप्रेशन गर्न स्विकार गर्नुभएको रहेछ,’ उनले भने ।

केही समयपछि शल्यक्रिया गरेको पैसा दिँदा हुने अस्पतालका सर्जन डा. सुनिल यादवको भनाई अनुसार मृतक मेहेताले अप्रेशन गर्न स्विकार गरेको बताउदै उनलका आफ्न्तले राती ८ बजे शल्यक्रिय विभागमा लगिएको र दुई घण्टापछि मात्रै मृतक मेहेताको मुटुको धड्कन नभएको चिकित्सकले जानकारी दिएको बताए ।

‘बेहोस हुने सुई लगाउने बित्तिकै भाउजुको मृत्यु भइसकेको थियो होला मेरो अनुमान उहाँको दश मिनेटको अन्तरालमा मृत्यु भइसेको थियो होला तर, १२ बजे राती बिरामीको कुरुवालाई बचाउने कोशीस गर्दै छौँ भनेर डाक्टरले भन्यो,’ उनले भने । तर, चिकित्सकले आश्वसन दिएको आधा घण्टापछि शजलाई बाहिर ल्याएर एम्बुलेन्समा राखिदिएको उनले बताए ।

बिरामीको मान्छेले शव बुझ्न नमाने पछि डा. सुनिल यादव भने घटनास्थलबाट बाहिरिएको उनीहरुको आरोप छ । शव रातैभर एम्बुलेन्समा राखेर अस्पतालको प्रवेशद्धार रात कटाएको बताउने उनीहरुको आफन्त अझैसम्म शल्यक्रियाको नेतृत्व गर्ने डा. यादव नआएको बिरामीको आफ्न्तले बताए ।

यता, अस्पताल प्रशासनलाई घटना बारे बुझ्न खोज्दा अस्पताल प्रशासन सम्पर्कमा आएनन् ।

सम्बन्धित समाचार

नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने

विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता...

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट

एजेन्सी, बैशाख २२-कोरोना भाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठान बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो...

प्रदेश १ मा २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट(९आरडिटी) गरिएका २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाबअन्तर्गत सङ्कलित २...

प्रहरीका ७३ सइ प्रहरी निरीक्षकमा बढुवा

काठमाडौं, २४ जेठ-नेपाल प्रहरीका ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक पदमा बढुवा भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७३ जनलाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो । बढुवा सूचीको पहिलो स्थानमा...

वीरगञ्जका सरसफाइकर्मी हड्तालमा

जनकपुर, १८ जेठ-सरसफाइकर्मी हड्तालमा बसेपछि वीरगन्ज महानगरको फोहोर शनिबारदेखि उठ्न सकेको छैन । फोहोर उठाउन सडकमा निस्किँदा प्रहरीले कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मी हड्तालमा बसेका छन् । सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै हातपात गर्न...

सांसद अपहरणको छानविन गर्न विपक्षी ४ दलको माग

काठमाडौं, १५ वैशाख-सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी ४ दलले माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानविन गर्न माग गरेका हुन् ।...

मुख्यमन्त्री कार्कीद्धारा ताप्लेजुङको घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चार जनाको निधन भएको घटनाप्रति दुख व्यक्त व्यक्त गरेका छन्। उनले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना व्यक्त गरेका हुन् ।शुक्रबार...

आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्