उपभोक्ता दिवसः प्रदेश राजधानी विराटनगरमा अन्तरकृया

 न्यूज विराट
उपभोक्ता दिवसः प्रदेश राजधानी विराटनगरमा अन्तरकृया

विराटनगर, चैत २–वाणिज्य आपूर्ति तथा विश्व उपभोक्ता संरक्षण कार्यालय बिराटनगरले आज १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मार्च १५ मा हरेक वर्ष मनाउदै आएको उपभोक्ता दिवस आज बिभिद कार्यक्रम गरि देश भर मनाए सगै बिराटनगरमा पनि अन्तरक्रिया गरि मनाएको छ । उत्पादनमा गुणस्तरीयता ,आपूर्तिमा सहजता, उपभोक्तामा विवेकसिलता भन्ने मुल नाराका साथ आज स्थानिय उपभोक्ता र उपभोक्ता सँग जोडिएर कामगर्ने संघ संस्थाहरु सँग अन्तरक्रिया गरेको हो।

अन्तरक्रियामा उपस्थित सहभगीहरुले खानेकुरालाई जोडेर मात्र नभईे खानेकुरा बाहेक स्वास्थ्य ,शिक्षा ,लगायत सेवा सुबिधाका कुरामा पनि जानीनजानी ढगीदै आईरहेकोले सचेत बन्नुपर्ने जोड दिए । कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलयका प्रमुख हिमालय बराल ,खाद्य तथा गुणनियन्त्रक कार्यलयका प्रमुख राजकुमार रिजाल र औषधि व्यवस्था बिभाग बिराटनगरका प्रमुख संजिव कट्टेलले आ –आफनो कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यपत्रमा जनशक्तिको अभाव र साधन स्रोतको कमि रहेको देखाएको छ। प्रस्तुत कार्यपत्रको टिप्पणी गर्दै टिप्पणी कर्ताहरुले उपभोक्ता आफै पनि सचेत हुनु पर्ने बताएका छन् ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College