राशिफल

विराटनगर विमानस्थल प्राथमिकतामा पर्न नसकेको सरकारका प्रतिनिधिहरूलेनै स्वीकारे

 न्यूज विराट
विराटनगर विमानस्थल प्राथमिकतामा पर्न नसकेको सरकारका प्रतिनिधिहरूलेनै स्वीकारे

विराटनगर । विराटनगर विमानस्थल तीन तहको सरकारको प्राथमिकतामा पर्न नसकेको स्वयम् सरकारका प्रतिनिधिहरूले स्वीकार गरेका छन् । विराटनगर विमानस्थलको विस्तारका लागि संघीय सरकारले प्राथमिकतामा राखेर बजेट उपलब्ध नगराएको प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औं वार्षिकोत्सवको अवसरमा विराटनगर विमानस्थलले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश सरकार र विराटनगर महानगरपालिकाका अधिकारीहरूले विमानस्थल विस्तारको काम तीनै तहका सरकारको प्राथमिकतामा नपर्दा राेकिएकाे बताएका हुन् । त्रिपक्षीय लगानीमा विराटनगर विमानस्थल विस्तारको काम गर्ने भनेर सम्झौता पत्रमा हस्ताक्षर भएपनि संघीय सरकारकै प्राथमिकतामा नपर्दा प्रदेश र स्थानीय तह पनि अलमलमा परेको उनीहरूको भनाइ थियो ।

प्रदेश र स्थानीय तह आफैँले लगानी गरेर विस्तार गर्नसक्ने अवस्था नभएकोले संघीय सरकारको प्राथमिकतामा नपर्दा थप अन्याैलग्रस्त अवस्था आएकाे अधिकारीहरूकाे भनाइ छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले तीन तहका सरकारको संयुक्त लगानीमा विस्तार गर्ने सम्झौताअनुसारको काम अगाडि बढ्न नसकेको बताए । अघिल्ला सरकारहरू दायित्वबाट पन्छिएको मुख्यमन्त्री राईकाे भनाइ छ । ‘सरकारले चालू आर्थिक वर्षमा खर्च गर्न नसकेको रकम विमानस्थलको विकासमा खर्च गरे राम्राे हुन्छ,’ मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।

यस्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्थानीयको मागका कारण स्थानीय तहलाई दबाब परेको बताए । स्थानीयको जग्गा रोक्का राखेर मुआब्जाको सूचना जारी भइसक्दा पनि बजेट विनियोजन नहुँदा स्थानीयको चर्को दबाब खेप्नुपरेकाे उनले बताए । त्रिपक्षीय सम्झौताअनुसार संघीय सरकारले ५० प्रतिशत, प्रदेशले ४० प्रतिशत र स्थानीय सरकार [विराटनगर महानगरपालिका] ले १० प्रतिशत बजेट उपलब्ध गराउने भनिएकाे छ । तर, त्याे सम्झाैताअनुरूप खर्चसीट नमिल्दा समस्या भएकाे हाे ।

संघीय सरकार र प्रदेश सरकारको प्राथमिकतामा नपर्दा विमानस्थलको काममा अलमलमा परेको विमानस्थलकाे अधिकारीहरूकाे भनाइ छ । तीन तहका सरकारको संयुक्त लगानीमा विस्तार गर्ने सम्झौता भएर जग्गा प्राप्तिको प्रक्रिया बढेपनि बजेट अभावले विस्तारको काम अगाडि बढ्न नसकेको उनीहरू बताउँछन् ।

०२५ सालमा स्थापना भएको विराटनगर विमानस्थल आन्तरिक विमानस्थलमध्ये पुरानो मानिन्छ । एक हजार ५०० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थललाई विस्तार गरेर तीन हजार लम्बाइ र ३० मिटर चौडाइको बनाउने गुरुयोजना छ । तर, तीनै सरकारहरू आफ्नाे दायित्वबाट पन्छिँदा समस्या भएकाे हाे ।

विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेल विमानस्थल पटकपटक समस्यामा पर्दै आएकाे बताउँछन् । दुई पटकसम्म डुबानमा परेको सुनाउँदै उनले त्यसकाे ढल तथा पानी निकासकाे लागि बनेकाे संरचना पनि बिग्रिएकाे बताउँछन् । विमानस्थलभन्दा बस्ती क्षेत्रको भूभाग उचाइमा रहेको र विमानस्थलको भाग होचोमा रहेको कारण ०७४ र ०७८ सालमा डुबानमा परेकाे उनकाे भनाइ छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...