गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको आदेश

 न्यूज विराट
गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको आदेश

काठमाडौं, २७ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले आज कोरोना भाइरसको महामारीका बेलामा खासगरी सुत्केरी, गर्भवती वा ससाना बालबालिको ध्यान दिन अन्तरिम आदेश जारी गरेको हो ।

गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक महामारीका समयमा जोखिममा परेको उल्लेख गर्दै अधिवक्ता रोशनी पौडेल लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा अदालतले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन भनेको छ ।

आदेशमा नाबालक शिशु र बालबालिकालाई दिनुपर्ने खोप  नियमित गर्न र नेपालको संविधानले सुरक्षित मातृत्व र प्रजनन अधिकारलाई महिलाको हककारूपमा प्रत्याभूत गरेको उल्लेख छ ।

आदेशमा सीमा प्रवेश गर्दादेखि नै क्वारेन्टाइन वा आइसोलेसनमा रहँदासम्म महिलाको विशेष सुरक्षा गर्न, क्वारेन्टिनमा रहेका महिलालाई सुरक्षाका साथ अलग राखी विशेष हेरचाहको व्यवस्था गर्न र बन्दाबन्दीका बेलामा घरेलु हिंसा भएमा त्यसको सम्बोधन गरी उजुरी दर्ता तथा कानूनी उपचारको बाटो प्रभावित नगर्न भनिएको छ । रासस 

सम्बन्धित समाचार

फोनेशन इन्टरनेशलको शाखा कार्यालय विराटनगरमा

विराटनगर । विराटनगरको ट्राफिक चौकमा फोनेशन इन्टरनेशल कन्सलटेन्सी संचालनमा आएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी नेपालमा ९ औं शाखाको रूपमा विराटनगरमा फोनेशनल इन्टरनेशनल कन्सलटेन्सी संचालनमा ल्याएको हो । फोनेशन इन्टरनेशलको केन्द्रीय कार्यालय...

एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने, ५ हजार भन्दाबढीको सहभागिता गराउने दाबी

विराटनगर । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यहि कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । आज बसेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले...

कोभिड खोप आयातका लागि समयमै गृहकार्य थाल्न अपिल

नागरिक अगुवाले कोभिड- १९ विरुद्धको खोप छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन सरकारलाई अपिल गरेका छन् । आज १० जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड- १९ विरुद्धको...

कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

विराटनगर, साउन २३–विराटनगरस्थित कोशी अस्पतालमा आइपुग्दा शुक्रबार विहान मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो...

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं, २६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित...

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले दिइन् राजिनामा

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । जनता समाजवादी पार्टी जसपाबाट मन्त्री भएकी लिम्बुले विराटनगरमा आज पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान...

विराटनगरमा परिक्षा स्थगित

विराटनगर, १२ असोज–कोरोना भाइरसको संक्रमण बढिरहेको बेला विराटनगरमा असोज २५ गतेबाट सञ्चालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएको छ । सरकारले विद्यालय तत्काल नखोल्न दिएको निर्देशन अवज्ञा गर्दै विराटनगर महानगरपालिकाले निजी विद्यालय...

ट्रम्पले सहकार्य नगर्दा थुप्रै सङ्क्रमितको ज्यान जान सक्छः बाइडेन

एजेन्सी, २ मंसिर-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो आगामी राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पले अवरुद्ध पारिराखेमा थप कोरोना संक्रमितको ज्यान जानसक्ने चेतावनी दिएका छन् । डेलावेयरमा एक सम्बोधनका क्रममा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसको प्रकोप रोक्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्