एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने, ५ हजार भन्दाबढीको सहभागिता गराउने दाबी

 न्यूज विराट
एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने, ५ हजार भन्दाबढीको सहभागिता गराउने दाबी

विराटनगर । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यहि कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

आज बसेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले कार्यक्रमको तयारी तिब्र बनाउने निर्णय गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा ५ हजार भन्दा बढीको सहभागिता रहने एमाले मोरङले जनाएको छ । नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख तथा कार्यक्रम प्रचार समितिका संयोजक सन्तोष बान्तवाका अनुसार कार्यक्रममा प्रदेशभरिका पार्टीका नेताकार्यकर्ताका साथै मोरङका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहनेछ ।

कार्यक्रमलाई सफल बनाउन आज बसेको समितिको बैठकले विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरेको वान्तवाले बताए । उनका अनुसार प्रचारप्रसारको जिम्मेवारी प्रचार विभागले गर्ने छ भने आन्तरिक व्यवस्थापनको काम मोर्चा विभाग र महानगर कमिटीका अध्यक्षलगायतलाई दिइएको छ । यस्तै सांस्कृतिक कार्यक्रमको जिम्मेवारी जनसांस्कृतिक महासंघलाई दिइएको छ । यस्तै आर्थिक लगायतका अन्य क्षेत्रको जिम्मेवारी पार्टी अध्यक्ष ऋषिकेश पोखरेल तथा कार्यक्रम संयोजक बाबुराम कार्कीलगायतले हेर्ने गरि जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख बान्तवाले बताए ।

सम्बन्धित समाचार

कांग्रेस १४औँ महाधिवेशन : पदाधिकारी र सदस्यका लागि मतदान अझै सुरु भएन

काठमाडौँ २७ मङ्सिर-नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन । मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् । आज बिहान...

खानेपानीको संरक्षण र समोचित उपयोगमा जोड

विराटनगर । खानेपानीको संरक्षण र समोचित उपयोगका लागि उपभोक्ता तथा सरोकारवालाहरुको सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कोशी प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्यौदामाथि सोमबार विराटनगरमा भएको छलफल कार्यक्रममा सरोकारवालहरुले यस्तो बताएका हुन् ।छलफलका...

कोरोना भाइरस बीमा स्थगित

काठमाडौं, २३ जेठ-बीमा समिति र नेपाल बीमक संघबीच कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । संघका अनुसार २ पक्षबीच भएको छलफलपछि शुक्रबारदेखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको हो । हालसम्म ३ लाखले...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक जना वृद्धाको मृत्यु

विराटनगर । विराटनगर – १० लालिगुरास चौकमा आगोमा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । ८० वर्षीया देवी यादवको आगो ताप्ने क्रममा जलेर आज विहान साढे ७ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी...

बटुल्नै नमिल्ने गरी खेतमै भिज्याे धान, किसानलाई भाेकमरीकाे चिन्ता

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान...

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिइने

काठमाडाैं, ८ भदौ-काठमाडाैंकाे टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल...

नेकपा (एमाले) मोरङको अधिवेशन आगामी पुष २३ र २४ गते विराटनगरमा हुने, तयारी तीब्र

विराटनगर, १ पुस । नेकपा (एमाले) मोरङको नवौं जिल्ला अधिवेशन आगामी पुष २३ र २४ गते विराटनगरमा हुने भएको छ । बिहिबार बसेको नेकपा (एमाले) मोरङको बैठकले केन्द्रीय सर्कुलर अनुसारनै आगमी पुष २३ र २४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्