विराटनगरमा परिक्षा स्थगित - News Birat

विराटनगरमा परिक्षा स्थगित

न्यूज विराट

विराटनगर, १२ असोज–कोरोना भाइरसको संक्रमण बढिरहेको बेला विराटनगरमा असोज २५ गतेबाट सञ्चालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएको छ । सरकारले विद्यालय तत्काल नखोल्न दिएको निर्देशन अवज्ञा गर्दै विराटनगर महानगरपालिकाले निजी विद्यालय सञ्चालकसँगको मिलेमतोमा परीक्षा लिने तयारी गरेकोमा स्थगित भएको हो ।

माघसम्म लिनसकिने परीक्षा शुल्क असुल्नकै लागि जोखिमपूर्ण रुपमा सञ्चालन गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको सर्बपक्षीय बैठकले परीक्षा स्थगित गर्ने सहमति गरेको हो ।

परीक्षा स्थगित सम्बन्धि निर्णय भने जिल्लास्तरीय क्राइसिस मेनेजमेन्ट कमिटिको बैठकबाट हुने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles