रुकुम घटना छानबिन संसदीय समिति गठन

 न्यूज विराट
रुकुम घटना छानबिन संसदीय समिति गठन

काठमाडौं, २६ जेठ-६ जना युवाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको घटना छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ । सांसद देवन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय छानबिन समिति गठन भएको हो ।

सांसदहरूले छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेपछि सभामुख अग्नि साप्कोटाले दलहरूसँग छलफल गरेर समिति बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । समितिका सदस्यमा एकवाल मिया, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकास रसाइली, विमला विक महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव सदस्य रहेका छन् ।

समितिलाई उक्त घटना छानबिनका लागि ३० दिनको समय दिइएको छ । सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि तय गरि लागू गर्न सक्ने, समितिले आवश्यक देखेका सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन वा समितिमा आमन्त्रणसमेत गर्न सक्ने अधिकार समितिलाई दिइएको छ । समितिको अन्य कार्यविधि प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उनले उल्लेख गरिएको छ ।

१० जेठमा सोतीस्थित मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । आक्रमणमा ६ जना युवाको ज्यान गएको थियो । त्यस घटनामा परेर भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही, चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको थियो । उनीहरू सबैको शव भेरी नदीआसपास भेटिएको थियो ।

सम्बन्धित समाचार

श्रोत नखुलेको ९ लाखसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । श्रोत नुखलेको ९ लाख रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १४ बाट सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्रोत...

रतुवामाईले स्थापना गर्‍यो ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’

विराटनगर, १३ चैत-मोरङको रतुवामाई नगरपालिकाले ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’ स्थाना गरेको छ । विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोष स्थापना गरिएको हो । रतुवामाई नगरपालिकाका...

टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल...

ऊर्जा कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

मकवानपुर, १७ वैशाख-मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित...

रूकुमको घटना कहाली लाग्दो र दर्दनाकः शान्ता चौधरी

काठमाडौं, जेठ १७–नेकपा सांसद शान्ता चौधरीले रूकुमको घटना कहाली लाग्दो र दर्दनाक भएको बताएकी छन् । उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रूकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी हुन् । प्रेम विवाह अपराध नभएको उल्लेख...

कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

विराटनगर । कोशी प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३६ अर्ब २४ करकोड ३५ लाख १० हजार रुपैयाँ बजेट ल्याएको छ । बजेट अधिवेशन अन्त्य गरी अत्याधेशबाट बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

शिक्षादीप कलेजले मनायो विज्ञान दिवस, उत्कृष्ट विद्यार्थीले पाए पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एघारौँ विज्ञान दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा आइतबार भव्य कार्यक्रम आयोजना गरी विज्ञान दिवस मनाएको हो ।दिवसको अवसर पारेर विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत...

राप्रपामा मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको विवाद टुंग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्