कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

 न्यूज विराट
कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

विराटनगर । कोशी प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३६ अर्ब २४ करकोड ३५ लाख १० हजार रुपैयाँ बजेट ल्याएको छ ।

बजेट अधिवेशन अन्त्य गरी अत्याधेशबाट बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ बजेट विनायोजन गरेका हुन् ।
स्रोत तर्फ राजस्व ४ अरेब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, वित्झसमानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकि अपुग रकममा वचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेकमे बजेटमा कृषि क्षेत्रमा २ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले उद्योग क्षेत्रमा ४३ करोड २३ लाख बजेट विनियोजन भएको छ । यस्तै सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ करोड विनियोजन भएको छ । खानेपानी, सिंचाई तथा उर्जा क्षेत्रकोलागि ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन भएको छ । यस्तै शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ करोड बजेट छुट्टयाइएको छ । वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ करोड, सुशासनतर्फ ९७ करोड बजेट विनियोजन भएको छ । कोशी प्रदेशसभा सदस्य पूर्वाधारका लागि १ अर्ब ५० करोड बजेट विनियोजन । चालू धजेट ८५ प्रतिशत खर्च हुने अनुमान कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०(०८१ को लागि बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो अनुमान गरेका हुन् । चालू आर्थिक वर्षमा ८५५ बजेट खर्च हुने अनुमान गरिएको छ भने ३९ अर्ब ७३ करोड बजेटको यथार्थ प्राप्ति भने ३३ अर्ब ७ करोड हुने अनुमान गरिएको छ । विपक्षी दलहरू अनुपस्थित बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जसपाले बहिष्कार गरेका छन् । उनीहरूले अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुकोसाटो संविधान विपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै बहिष्कार गरेका हुन् ।

कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत लिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका हुन् । आर्थिक मामिला मन्त्रालयमा आयोजित बजेट सार्वजनिक कार्यक्रममा सरकारका मन्त्रीहरू, एमाले र राप्रपाका सांसद तथा नेता, विभित्र मन्त्रालयका सचिवहरू, उच्चपदस्थ कर्मचारी, उद्योगी, संचारकर्मी लगायतको उपस्थिति रहेको छ । प्रदेश सरकारले बुधबार प्रदेशसभामा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम माथि छलफल नै नगरी संसदको बजेट अधिवेशन अन्त्य गर्दै सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

सम्बन्धित समाचार

उदयपुरमा चट्याङ लागेर वृद्धको मृत्यु

उदयपुर, २ जेठ-उदयपुरमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा...

प्रहरीकै अगाडि हतियार फ्याँक्ने अझै फरार  

काठमाडौं, १४ साउन-प्रहरीकै अगाडि हातहतियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा मंगलबार बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले...

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

हाजी इन्जिनियरिङद्वारा डस्विन प्रदान विराटनगर महानगरलाई

विराटनगर । विराटनगर तीनपैनीस्थित हाजी इन्जिनियरिङ एण्ड ग्रिल वर्कसपले विराटनगर महानगरपालिकालाई विशेष किसिमको डस्विन प्रदान गरेको छ । आज आयोजित एक समारोहका बीच मेयर नागेश कोइरालालाई डस्विन हस्तान्तरण गर्नु भएको हो । पहिलो चरणमा महानगरलाई...

घर जग्गा रोक्का र फुकुवा गर्न मालपोत जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं, ३१ भदौ । घर जग्गा रोक्का तथा फुकुवाका लागि मालपोत कार्यालय धाउनु पर्ने सञ्चयकर्ताको बाध्यता हटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र कर्मचारी सञ्चय कोषबीच जग्गा रोक्का फुकुवा र धितो पास अनलाइन...

प्रदेश २ मा थपिए १०७ संक्रमित

जनकपुरधाम, ३१ जेठ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६ महिला र १ सय १ जना पुरुषगरी कुल १ सय ७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीका १, सर्लाहीका...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु : नरपथगञ्जसँग आर्मी स्तब्ध

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जलले विजय सुरूवात गरेको छ । विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्