रतुवामाईले स्थापना गर्‍यो ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’

 न्यूज विराट
रतुवामाईले स्थापना गर्‍यो ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’

विराटनगर, १३ चैत-मोरङको रतुवामाई नगरपालिकाले ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’ स्थाना गरेको छ । विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोष स्थापना गरिएको हो ।

रतुवामाई नगरपालिकाका मेयर रवीन राई, उपमेयर दयन्तादेवी चुडाललगायत सबै जनप्रतिनिधिबाट सिजुवास्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा ६ लाख ६३ हजार रुपैयाँ जम्मा गर्दै कोष स्थापना गरिएको मेयर राईले जानकारी दिए ।

उनले रतुवामाई नगरपालिकामा छिमेकी मुलुक भारतबाट नेपाली अत्यधिक संख्यामा भित्रिएको हुनाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टाइन निर्माणका लागि कोष स्थापना गरिएको बताए ।

मेयर राईले विपदको हालको अवस्थामा सम्पूर्ण व्यक्ति, संघ संस्था एवं स्वदेश तथा विदेशमा रहने नगरवासीलाई कोष स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंकको सिजुवा शाखाको २५९००००२९३०१ नं. मा सहयोग रकम जम्मा गर्न आह्वानसमेत गरेका छन् ।

‘छिमेकी देश भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै छ । हाम्रो नगरक्षेत्रमा भारतबाट नेपाल आउनेको संख्या धेरै छ,’ उनले भने, ‘क्वारेन्टाइनको अति नै आवश्यकता महसुस गरेर कोष स्थापना गरेका हौँ । उक्त कोषमा सकेको सहयोग गरिदिनुहुन म हार्दिक अपिल गर्दछु ।’

मेयर राईले जोखिम न्यूनीकरणका लागि रतुवामाई–४ स्थित झुर्किया मावि र वडा नं. ८ इटहरास्थित सरस्वती उच्च मावि इटहरामा क्वारेन्टाइन निर्माणको काम अघि बढाएको समेत बताए ।

सम्बन्धित समाचार

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी संन्जयसिंह थापा, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । बराइनबाट १५ दिनको बिदामा घर आएका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको विर्भत्स तरिकाले हत्या गरेको अवस्थामा २०७८ फागुन ४ गते सुनसरी धरान धनकुटा सडक खण्डको खर्दु सामुदायिक वनमा भेटियो ।...

मन्त्री भट्टराईद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं, ७ साउन-आन्तरिक र बाह्य विमानहरूको उडान तयारीका अवस्थाका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । सरकारले १ भदौबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सुचारु गर्ने निर्णय...

गृष्म श्रेष्ठ भए विराट एक्स्पो सिङ्गिङ आइड

विराटनगर । ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । १ सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिङ्गिङ अइडल’को उपाधि जितेका हुन् । बुधबार सम्पन्न भएको आइडलको फाइनल राउण्डमा ६ जना प्रतिस्पर्धी छनोट...

परीक्षा अनुगमनका नाममा मेयरको हुल

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले परीक्षामा गरिरहेको अनुगमनको चौतर्फी आलोचित हुँदा समेत उनले अनुगमन गरिरहेका छन् । कक्षा ८ को परीक्षा अनुगमनका लागि मेयर शाह प्रत्येक दिन विद्यालय पुग्छन् । एउटा कोठामा ७÷८ जना लिएर...

रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा सुरु

विराटनगर, फागुन १०–मोरङको रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा शनिबारदेखि सुरु भएको छ । रतुवामाई नगरपालिकाले वडा नं. ६ सौँठा स्थित बुधबारे बजारमा शनिबार बृहत भेला आयोजना गर्दै आफ्नो छैठौँ नगरसभा सुभारम्भ गरेको हो ।कार्यक्रममा रतुवामाई नगरपालिकाका...

विराट डेन्टल होममा मुख सम्बन्धी भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो...

ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्स

कोरोना संक्रमित आशंकामा संकलन गरिएका नमुना लिन पुगेको नेपाल एयरलाइन्सको विमान नेपालगन्जको राँझा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरणका क्रममा विमान रनवेमा चिप्लिएको छ । रनवेमा चिप्लिए पनि ठूलो क्षति नभएको नागरिक उड्यन...

नेवार सामुदायमा सामूहिक बेलविवाह

विराटनगर । दुलही झैँ सिगारिएकी साना बालिकाहरूको लस्कार छ । बेलविवाहको मण्डपमा सरिक भएकी बालिकाहरूको शिरमा शिरवन्दी, गलामा तायो र पायो, हातमा मू र खुट्टामा कली छ ।विराटनगस्थित झि : पुचमा बिहीबारदेखि सुरू भएको सामूहिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्