टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु - News Birat

टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

न्यूज विराट

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ईटहरी-१९ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागी बिराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा राती करिब १० बजे मृत्यु भएको हो ।

सोही मोटरसाईकलमा सवार अन्य २ जनाको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles