शिक्षादीप कलेजले मनायो विज्ञान दिवस, उत्कृष्ट विद्यार्थीले पाए पुरस्कार

 न्यूज विराट
शिक्षादीप कलेजले मनायो विज्ञान दिवस, उत्कृष्ट विद्यार्थीले पाए पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एघारौँ विज्ञान दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा आइतबार भव्य कार्यक्रम आयोजना गरी विज्ञान दिवस मनाएको हो ।
दिवसको अवसर पारेर विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कलेजले केही दिन अगाडी ‘ओजोन तह विनाश र यसका संरक्षणका उपायहरु’शीर्षकको निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा शिक्षादीप कलेजमा अध्ययरत विज्ञान संकायका ८० जना विद्यार्थीले भाग लिएका थिए । जसमध्ये उत्कृष्ट प्रथम हुने एन्जल राई, द्वितीय सपना कटुवाल र तृतीय सुगम ढकाललगायत सान्त्वना पुरस्कार प्राप्त गर्ने आठ जना गरी जम्मा ११ जना विद्यार्थीलाई पुरस्कृत गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । प्रतियोगिताको निर्णायकको भूमिका डिग्री क्याम्पस प्राणी विज्ञानका उपप्राध्यापक मिलन खरेलले निर्वाह गरेका थिए ।
त्यसैगरी विज्ञान दिवसकै अवसरमा भाद्र महिनाका प्रत्येक शनिवार सञ्चालित चिकित्सा विज्ञान तथा इन्जिनियरिङका पूर्व तयारी कक्षाको परीक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरु पनि पुरस्कृत भए । उक्त परीक्षाहरुमा चिकित्सा विज्ञानतर्फ सुशीलकुमार यादव, रवीनकुमार यादव,पृथ्वीनारायण मण्डल र आदर्श सिंहले उत्कृष्टताको पुरस्कार प्राप्त गरे । इन्जिनियरिङ्तर्फ निश्चल आचार्य, प्रशान्त कार्की, निर्णय श्रेष्ठ र प्रियङ्का कुमारी भगतले उत्कृष्ट अंक प्राप्त गरी पुरस्कृत भएका छन् ।
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, चिफ एकाडेमिक निर्देशक रमेशकुमार मण्डल, विज्ञानका कोअर्डिनेटर नवीनकुमार राय तथा अग्रज प्राध्यापकहरुले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रिन्सिपल खड्काले शिक्षादीप कलेजले विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन गराउने र उनीहरुको चौतर्फी विकासका लागि वर्षै भरिका सान्दर्भिक दिवसहरु विद्यार्थीहरुको प्रतियोगात्मक सहभागिता मनाउने गरिएको बताए । यस वर्षको राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने मूलनाराका साथ मनाइँदै छ । ओजोन तह संरक्षण दिवस र विज्ञानको दिवसको इतिहास तथा वर्तमान सन्दर्भका बारेमा निर्देशक रामचन्द्र अधिकारीले बताए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्