
काठमाडौं, जेठ १७–नेकपा सांसद शान्ता चौधरीले रूकुमको घटना कहाली लाग्दो र दर्दनाक भएको बताएकी छन् । उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रूकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी हुन् ।
प्रेम विवाह अपराध नभएको उल्लेख गर्दै उक्त घटनालाई जातीय हिंसा बनाउनु निन्दनीय रहेको उनले बताइन् । उनले सचेतना जगाउन पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन् । रूकमको चौरजहारीकी मल्ल थरकी किशोरीसँग विवाह गर्न गएका जाजरकोटका ६ युवाको भेरी नदीमा शव भेटिएको थियो ।