प्रदेश ५ मा कोरोना परीक्षणको दायरा बढाइँदै  

 न्यूज विराट
प्रदेश ५ मा कोरोना परीक्षणको दायरा बढाइँदै  

बुटवल, २० जेठ-कोरोना संक्रमितको संख्या वृद्धिसँगै प्रदेश ५ मा परीक्षणको दायरा बढाइने भएको छ । अन्य प्रदेशको तुलनामा आवश्यक जनशक्ति, प्रयोगशालाको क्षमता कमजोर हुँदा यहाँ परीक्षण सुस्त छ ।

हालको जनशक्ति कमी हुँदा प्रदेश ५ मा कोभिड-१९ संक्रमितको अवस्था पत्ता लगाउन संकलन गरिएका स्वाब फ्रिजमा पालो पर्खेर बस्ने अवस्था छ । प्रदेश ५ मा ३ वटा प्रयोगशालाबाट कोरोना परीक्षण गरिँदै आएकोमा स्वाबको चाप बढेसँगै केन्द्रीय प्रयोगशालामा पनि स्वाब पठाइएको छ ।

अझै प्रदेशमा ४ हजार ३ सय ९८ जनाको स्वाव परीक्षण गर्न बाँकी छ । ३ वटा प्रयोगशालाले यहाँ दैनिक बढी ३ सय मात्र परीक्षण गर्न सक्ने क्षमता छ । पछिल्लो समय भारतबाट अत्याधिक नागरिक भित्रिएपछि स्वाब संकलन पनि बढी भइरहेको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर चौधरीले प्रदेशमा रहेका ३ वटै ल्याबमा जनशक्ति थप गरेर परीक्षणको दायरा बढाउने बताए । ‘अहिले भएका कोरोना परीक्षण ल्याब छन् । भैरहवा, दाङ र नेपालगञ्ज त्यहाँ अस्थायी करार कर्मचारी थप गरेर भए पनि दायरा बढाउने तयारीमा छौँ’ उनले भने । प्रयोगशाला स्थापनाको सुरू अवस्थामै जनशक्ति अभाव ब्यहोरेको प्रयोगशालाले पुनः किटको अभाव हुँदा परीक्षणको दायरा बढाउन सकिरहेका थिएनन् ।

सम्बन्धित समाचार

वीर अस्पतालबाट पनि परीक्षण सुरु

काठमाडौं, २९ चैत-सरकारले ७ दिनयता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ७ दिनयता कुनै पनि नयाँ संक्रमण...

जनयुद्ध दिवसमा डिग्री क्याम्पसमा वृक्षारोपण

विराटनगर । विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । अखिल क्रान्तिकारी डिग्री क्याम्पस इकाइले मंगलबार जनयुद्ध दिवसको अवसर पारेर क्याम्पस परिसरमा वृक्षारोपण र सरफाइ कार्यक्रम आयोजना गरेको हो ।नेकपा माओवादी...

औषधी व्यवसायीद्धार निःशुल्क स्वास्थ्य शिविर, एक सय बढीको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा १ सय जना विरामीको निःशुल्क स्वास्थ्य...

अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषद् बैठक डाकेपछि प्रचण्ड पुगे बालुवाटार

अध्यादेश फिर्ता लिनुअगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेपछि त्यस विषयम छलफल गर्न अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटीले अध्यादेश फिर्ता गर्ने पर्ने निर्णय गरे पनि...

वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटी क्वारेन्टाइन लगियो

काठमाडौं, फागुन ४–कोरोनो भाइरसको महामारी फैलिएको चीनको वुहान सहरबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको हो । सो स्थानमा उनीहरुलाई बस्न विशेष...

विराटनगरका औषधी व्यवसायी रजक माथि निर्घात कुटपिट

विराटनगर । विराटनगरका एक जना औषधी व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । विराटनगर ७ हस्पिटल चोकमा रहेको रजक फर्माका संचालक २५ वर्षीय राहुल कुमार रजकमाथि बुधबार निर्घात कुटपिट भएको हो । हस्पिटल चोकमा रहेको साईनो...

प्रदेश १ सरकारको जनसुरक्षा कोषमा ११ करोड ८५ लाख जम्मा

विराटनगर, चैत्र २५–प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप २० रुपैयाँ लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको हो...

पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

विराटनगर, बैशाख १९–पूर्वमन्त्री तथा प्रतिनिधसभाका सदस्य शिवकुमार मण्डलले पहुँच र पावरका आधारमा मात्र योजना छनौट नगर्न सरकारलाई सुझाव दिएका छन् । आगामी बजेटको विषयवस्तुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सांसदहरुसँग भएको छलफलमा उनले यस्तो बताएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्