अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषद् बैठक डाकेपछि प्रचण्ड पुगे बालुवाटार - News Birat

अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषद् बैठक डाकेपछि प्रचण्ड पुगे बालुवाटार

न्यूज विराट

अध्यादेश फिर्ता लिनुअगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेपछि त्यस विषयम छलफल गर्न अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

बुधबार बसेको पार्टी स्थायी कमिटीले अध्यादेश फिर्ता गर्ने पर्ने निर्णय गरे पनि त्यसको बेवास्ता गर्दै प्रधानमन्त्री ओलीले बैठक डाकेपछि प्रचण्ड बालुवाटार पुगेका हुन् । संवैधानिक परिषद्को बैठक बेलुका ५ बजेका लागि डाकिएको छ ।

प्रधानमन्त्रीसहित तीन जना उपस्थित हुँदा बैठक बस्न सक्ने र त्यसबाटै बहुमतीय आधारमा नियुक्ति गर्न सक्ने प्रावधानसहित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले मंगलबार जारी गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles